
धुर्मुस सुन्तली फाउण्डेसनद्वारा भरतपुरको चितवनमा निर्माण गरिने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशालाका निम्ति फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौतापत्र हस्तान्तराण गर्दै महानगरपालिकाका प्रमुख रेणु दाहाल र फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस । तस्वीर- रासस
काठमाडौँ, १६ माघ – चिनवनको भरतपुर महानगरपालिकामा निर्माण गर्न लागिएको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया औपचारिक रुपमा शुरु भएको छ ।
धुर्मुस सुन्तली फाउन्डेशनले आज यहाँ आयोजना गरेको कार्यक्रममा फाउण्डेशन र भरतपुर महानगरपालिकाबीच रङ्गशाला निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर महानगरपालिका–१६ को कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको २० बिघा जग्गामा क्रिकेट रङ्गशाला बनाउने सहमति भएको हो ।
रङ्गशालाको नाम ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ हुनेछ । गुरुयोजना तयार भएको दुई वर्षभित्र रङ्गशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउण्डेशनका प्रमुख सीताराम कट्टेल धुर्मुसले जानकारी दिनुभयो ।
आगामी छ महीनाभित्र सबै पूर्वाधार तयार गरी दुई वर्षभित्र काम सम्पन्न गरी महानगरलाई हस्तान्तरण गरिने सम्झौतामा उल्लेख छ । फाउण्डेशनले निर्माण कार्यलाई चुस्त बनाउन सल्लाहकमार समिति, मूल समिति, निर्माण तथा व्यवस्थापन समिति, कानून समिति, आर्थिक समिति, प्राविधिक समिति निर्माण गरिएको छ ।
रङ्गशाला निर्माणको लागत रु तीन अर्ब अनुमान गरिएको छ । देश–विदेशका नेपालीबाट प्राप्त हुने स्वेच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने फाउन्डेशनले जनाएको छ । रङ्गशाला करीब ३० हजार दर्शक क्षमताको हुनेछ । रङ्गशाला नेपाली मौलिकताले भरिपूर्ण र विश्वमै नमूना हुने तथा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का सम्पूर्ण मापदण्डहरु पूरा गर्ने बताइएको छ । रङ्गशाला कमलको फूल आकारको हुनेछ । बहुउपयोगी हुने यो रङ्गशालाभित्र फुटबल, भलिबल बास्केटबल, ब्याडमिन्टन, फिटनेस सेन्टरदेखि डन्डिबियोसम्म खेल्न सकिनेछ उल्लेख छ ।
रङ्गशालाको निर्माण घोषणासँगै एस ट्राभल्सले रु तीन करोड दिने घोषणा गरेको छ । त्यसैगरी अल्का अस्पतालले रु २५ लाख, रवीराज सिंहले रु ११ लाख, कृष्ण आचार्यले रु पाँच लाख ५५ हजार ५५५ र मुक्तिनाथ विकास बैंकबाट रु पाँच लाख सहयोग गर्ने भएको छ । यसैगरी कलाकार बद्री पंगेनीले रु एक लाख, प्याब्सनकी दीपिका थापाले एक लाख १० हजार, मह सञ्चारले रु एक लाख पाँच हजारलगायत घोषणा भएको छ ।
नेपाललाई खेलकूदको केन्द्र बनाउन सके रोजगारको सिर्जना गर्ने, राष्ट्रलाई आर्थिक आम्दानी गराउँदै खेलको माध्यमबाट राष्ट्रराष्ट्रबीचको सम्बन्ध जोड्नुका साथै देशको नाम अन्तर्राष्ट्रिय जगतमा अझ उच्च बनाउन सकिने फाण्डेशनको विश्वास छ । शान्तिका अग्रदूत गौतमबुद्धका नामा निर्माण गरिने रङ्गशाला निमाणले धार्मिक पर्यटनको समेत सम्भावना छ ।
चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण हुने खुशियालीमा दीप प्रज्वलन गरिएको छ । भरतपुरको चौबिसकोठीमा क्रिकेट समर्थक समाज र स्थानीय खेलप्रेमी युवाले दीप प्रज्वलन गरेका हुन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण हुनु खुशीको कुरा भन्दै उनीहरुले रङ्गशाला निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
क्रिकेट समर्थक समाजका सदस्य सञ्जय धरेलले भरतपुरमा रङ्गशाला निर्माणपछि चितवनलाई अन्तर्राष्ट्रियरुपमा चिनाउन र खेल क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । विद्यार्थी नेता अशोक देवकोटाले भरतपुर महानगरको पहलमा निर्माण हुन लागेको रङ्गशाला समयमै निर्माण सम्पन्न गर्न युवा विद्यार्थीले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सो अवसरमा दिपावलीसँगै केक काटेर खुशियाली साटासाट गरिएको थियो ।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै