वासिङ्टन, १० माघ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई पत्र पठाउनुभएको छ ।
उहाँले बुधबार उत्तर कोरियाली नेता किमलाई व्यक्तिगत रुपमा पत्र पठाएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जानकारी दिएको छ ।
साथै यस विषयमा बिहीबार उत्तर कोरियाली सञ्चारमाध्यमहरुले पनि जानकारी गराएका छन् । यसअघि करिब हप्तादिन अघि उत्तर कोरियाली नेता किमले अमेरिकी राष्ट्रपति ट्रम्पलाई पत्र पठाएको समाचार आएको थियो ।
उक्त पत्रको अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार जवाफ दिनुभएको अमेरिकी टेलिभिजन सिएनएनले जनाएको छ ।
ह्वाइट हाउसका प्रेस सचिव सराह स्यान्डर्सलाई उद्धृत गर्दै उक्त टिभीले जनाएको छ– ‘राष्ट्रपति ट्रम्पले किमको पत्रको जवाफमा बुधबार उत्तर कोरियाली नेता किमलाई पत्र लेख्नुभएको छ ।’
बिहीबार उत्तर कोरियाली सरकारी समाचार समिति, केसिएनएले उत्तर कोरियाली नेता किमले अमेरिकी राष्ट्रपति ट्रम्पको पत्र हात पार्नुभएको जनाएको छ ।
उक्त पत्र नेता किमलाई उत्तर कोरियाली सत्तारुढ दल, वर्कर्स् पार्टीका उपाध्यक्ष किम योङ चोलले दिएको सो समाचारमा जनाइएको छ ।
चोल हालै अमेरिकाको भ्रमणमा जानुभएको थियो । उहाँले अमेरिकी राष्ट्रपति ट्रम्प र विदेशमन्त्री माइक पेम्पेओसँग भेटवार्ता पनि गर्नुभएको थियो ।
किमले उक्त पत्र प्राप्त गरेर सन्तुष्टि प्राप्त गरेको जानकारी पनि उत्तर कोरियाली समाचार समिति केसिएनएले जानकारी दिएको छ ।
उक्त समाचार समितिले समाचारमा भनेको छ– ‘उत्तर कोरियाली नेता किम अमेरिकी राष्ट्रपति ट्रम्पको उक्त पत्र प्राप्त गरेपछि खुसी हुनुभएको छ, उहाँहरुबीच यो महिनामा कैयौँ पत्रहरु आदानप्रदान भएका छन् ।’
गत शुक्रबार मात्र पनि उत्तर कोरियाली सत्तारुढ दलका उपाध्यक्ष चोलले अमेरिकी अमेरिकी राष्ट्रपति ट्रम्पलाई नेता किमका तर्फबाट पत्र हस्तान्तरण गर्नुभएको थियो ।
सोही पत्रको जवाफमा बुधबार अमेरिकी राष्ट्रपति ट्रम्पले नेता किमलाई यो पत्र प्रेषित गर्नुभएको कोरियाली सञ्चारले जनाएका छन् ।
उत्तर कोरियाली नोता किमले गत नोभेम्बरको शुरुमा नै वासिङटनको भ्रमण गर्ने समय तालिका रहेको बताइएको थियो । तर त्यस समयमा अमेरिका र उत्तर कोरियाबीचको सम्बन्धमा चीसोपना आएपछि सो भ्रमण रद्द भएको थियो ।
उत्तर कोरियाली नेता किमले सन् २०१९ को नयाँ वर्षको शुभकामनासम्बन्धी पत्र अमेरिकी राष्ट्रपति ट्रम्पलाई पठाउनुभएको थियो । सो पत्रपछि पुनःसम्बन्धमा नयाँपन आएको हो ।
केही दिन अघिमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई दोस्रो शिखर बैठकसम्बन्धी पत्र पठाएको समाचार अमेरिकी सञ्चारमाध्यमले खुलासा गरेका थिए ।
उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीचको सम्बन्धमा गत वर्षबाट सुधार आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत जुनमा सिङ्गापुरमा शिखर वार्ता भएको थियो ।
उक्त पहिलो शिखर वार्तामा छिट्टै नै अर्को शिखर बैठक हुने भनिएपनि अहिलेसम्म हुन सकिरहेको छैन । उक्त बैठक आगामी फेब्रुअरीको अन्त्यमा हुने भएको समाचार हालैमात्र आएको छ ।
दोस्रो शिखर सम्मेलनको आतिथ्यता भियतनामले गर्ने इच्छा व्यक्त गरेको छ । तर, यस विषयको अन्तिम टुंगो भने लागेको छैन ।
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने