बालबालिकाको कविता गोष्ठीमा पनि माइक छोडेनन् यी सज्जनहरुले

लण्डन । कार्यक्रम बालकवि गोष्ठी । बेलायतमै जन्मे हुर्केका बालबालिकालाई नेपाली भाषा, साहित्यतर्फ उन्मुख गराउने उदेश्य । तर, बालबालिकाको उक्त कविता गोष्ठीमा पनि बेलायतका केही सज्जनहरुले माइक नछोइ बस्न सकेनन् । गोष्ठीमा कबिता सुनाउने बालबालिका भन्दा आफ्नै गुणगान र सस्थाबारे बोल्ने धेरै थिए ।  

सप्ताहन्त नेपाली साहित्य विकास परिषद यूके र सयपत्री नेपाली साँस्कृतिक समूह युकेको संयुक्त आयोजनामा वकिङमा प्रथम नेपाली बाल कवि गोष्ठी गरिएको हो ।

कार्यक्रममा बालकवि कवयत्रीहरु सुभाशिष श्रेष्ठ, सनोजा श्रेष्ठ, आकृती भट्ट, बिभिसा उप्रेती, हेमन्त पन्त, हेमलता पन्त, श्रीबीत घिमिरे, अदिती पान्डे, अनिमेष शिलवाल, लिकोन गुरुङ, प्रभा बिक, नेवा लिम्बु, जुनी लामिछाने, अच्यूत भुषाल, सुशान्त श्रेष्ठ, शुभासिष श्रेष्ठले अा-आफ्नो बाल रचना सुनाए । 

सो अवसरमा पाका कविहरू हरिसिंह थापा, डा.सुधा श्रेष्ठ, मनोज अन्जान, डम्बर सिंह प्रयास, कोमल मल्ल, मोहन जलाद, लव सुवेदी, वीरेन्द्र कुँवर, बिजय हितान, कविता गुरुङ आदिले पनि कबिता वाचन गरे ।  

उक्त समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथि नेपाली राजदूतावासका द्वितीय सचिव लव सुवेदीले परिषद र सयपत्रीले बिदेशमा नेपाली बालबालिकाको भाषा साहित्यमा सिर्जनात्मक क्षमता विकासका लागि कवि गोष्ठी गर्नु अनुकरणीय र ऐतिहासिक कदम भएको बताए । 

समारोहमा परिषदका पूर्व अध्यक्ष हरिसिं थापाले परिषदले विविध साहित्यिक गतिविधि गरेर नेपाली साहित्य विकासमा टेवा पुरयाएको चर्चा गरे भने अर्का वक्ता शिवजी श्रेष्ठले नेपाली साहित्य विकास परिषद्ले आफ्नो स्थापनाकाल सन् १९९५ देखि नै विभिन्न साहित्यिक गतिविधि गर्दै आएर बेलायतमा धेरै साहित्यकार जन्माउन प्रेरणादायी र नेतृत्वदायी भूमिका खेलेको स्मरण गरे ।  

परिषदका अध्यक्ष साहित्यकार कोमल मल्लले नेपाली साहित्यलाई फराकिलो बनाउने र उजागर गर्ने कार्यमा परिषद र सयपत्री निरन्तर लागिरहने प्रण गरे ।

त्यसैगरि सयपत्रीका अध्यक्ष तथा परिषदका कार्यकारिणी सदस्य संयोजक डम्बर सिंह प्रयासले विदेशमा रहेका बालबालिकालाई नेपाली भाषा र साहित्यतिर आकर्सित गर्न बाल कवि गोष्ठी आयोजना गरिएको प्रस्ट्याए। 

कार्यक्रममा परिषद्का महासचिव वीरेन्द्र कुवँर, सयपत्री नेपाली साँस्कृतिक समूह यूकेका कोषाध्यक्ष डा. दिपक जिसी, राजेन्द्र क्षेत्री लगायत वक्ताहरूले साहित्यको विकासका लागि यस्तो कार्यक्रम बेलायतका बिभिन्न स्थानमा गर्नुपर्ने सुझाए ।  

समारोहको आरम्भमा बेलायतमै जन्मिएका बालकवि सुशान्त श्रेष्ठले राष्ट्रिय गीत मार्मिकरूपले प्रस्तुत गरेका थिए । 

अन्तमा कार्यक्रम सफल बनाउन आर्थिक एवम् भौतिक सहयोग पुरयाउने कबिता गुरुङ, एलबी गुरूङ, डा. राघव प्रसाद धिताल, डा.जनक कुमारी धिताल, ध्रुब के.सी, मनोज अन्जान, बीरेन्द्र कुँवर, सबिना बिक, कल्पना बिक, ममता जिसी, सन्तोस बिश्र्वकर्मा, प्रवेस बिक, दिपक जिसी, गौरब क्षेत्री तथा सहभागी सबैलाई बिषेश धन्यवाद दिइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री