मेक्सिको सिटी, ६ माघ (रासस/सिन्ह्वा) – मेक्सिकोको मध्य क्षेत्रमा शुक्रबार भएको तेल पाइपलाइन विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको छ ।
घाइते भएर अस्पतालमा उपचार गराइरहेकामध्ये थप केहीको मृत्यु भएकाले मृत्यु हुनेको संख्या बढेको स्थानीय सरकारी अधिकारीहरूले बताएका छन् ।
घाइते हुनेको संख्या अझै पनि ७४ रहेको छ भने तीमध्ये ५० जनाको हिडाल्गोमा रहेको अस्पतालमा र अरु २४ जनाको मेक्सिको सिटीको अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्थानीय समय अनुसार शुक्रबार बेलुका ७.०० बजे ट्लाहुलिपान नगरको सान प्रिमिटिभो क्षेत्रमा एउटा तेल पाइपलाइन देखिएपछि त्यसैलाई छेडेर तेल निकाल्ने क्रममा भएको विस्फोटमा परी स्थानीयबासीको मृत्यु भएको हो ।
श्रव्य दृश्यमा तेल केही मिटर माथिसम्म हावामा फोहोराका रूपमा पाइपबाट बाहिर निस्किएको र यसैबाट तेल जम्मा गर्न भिड लागेको समय आगलागी हुँदा पाइप विस्फोट भएको थियो । अनुमतिविना नै पाइपलाई खोपेर स्थानीयले तेल जम्मा गर्ने लोभ गर्दा उक्त दुर्घटना भएको राज्य सञ्चालित पेट्रोल कम्पनीले जनाएको छ ।
मेक्सिकोका राष्ट्रपति एन्ड्रेस मानुयल लोपेज ओब्राडोरले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । “सानो गल्तीबाट भएको ठूलो क्षतिप्रति पश्चाताप गर्नुको विकल्प रहँदैन”-ओब्राडोरले भन्नुभयो ।
स्थानीय सरकारी अधिकारीहरुका अनुसार पाइपलाइन विस्फोट भएका बेला छ सयदेखि आठ सयसम्म स्थानीय बासिन्दा भेला भएका थिए ।
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
राष्ट्रियसभा सदस्य निर्वाचन : को को भए निर्वाचित ?