
ब्रसेल्स, बेल्जियम, ४ माघ – यूरोपेली यूनियन (इयू) ले अमेरिकासँग स्वतन्त्र व्यापार सम्झौता गर्ने उसको वार्ता योजना शुक्रबार सार्वजनिक गरेको छ । इयूको यो योजना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको व्यापार युद्धलाई जोगाउने प्रयास भएको विश्लेषकहरूले बताएका छन् ।
स्टील र आल्युमिनियमको आयातमा घोषणा गरेको कर वृद्धिपछि गरिएको ट्रान्सएटलान्टिक सम्झौतालाई जोगाउने पहलका रूपमा पनि बताइएको छ । उक्त प्रयासलाई अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा यूरोपेली कार आयातमा करवृद्धि गर्नबाट जोगाउने पहलका रूपमा पनि बताइएको छ । यसले अमेरिकामा कारको अत्यधिक निर्यात गर्ने यूरोपेली मुलुकहरू खास गरी जर्मनीलाई राहत हुने बताइएको छ ।
इयू व्यापार आयुक्त सेसिलिया मालस्ट्रोमले सञ्चारकर्मीसँग भन्नुभयो, “यो परम्परागत व्यापार सम्झौता होइन । यो सीमित तर महत्वपूर्ण प्रस्ताव हो जुन औद्योगिक सामानमा लगाइने करबारे मात्र हो ।” तर, अमेरिकाले गत हप्ता वार्ताको एजेन्डामा कृषि उत्पादनलाई पनि सम्लग्न गर्ने योजना सार्वजनिक गरेपछि प्रक्रिया एउटा चट्टानी शुरूवातका रूपमा देखिएको छ । अमेरिकी प्रस्तावले यूरोपेलीहरूलाई अघि बढ्न समस्या हुने अनुमान गरिएको थियो ।
मालस्ट्रोमले बताउनुभयो, “वार्ता कृषि करलाई घटाउने प्रस्तावका लागि नभएको जनाउँदै उक्त क्षेत्रलाई अहिले सम्झौताको बिषयभन्दा बाहिर राखेका छौँ ।”
अमेरिकाले प्रस्तुत गरेको १७ पेज लामो प्रस्तावमा इयूले अस्वीकार गर्ने बताइएका अन्य माग तथा कर वृद्धिसमेत रहेका छन् । यूरोपद्वारा वैदेशिक विनिमय दरलाई तोडमोड गर्न रोक्नुपर्ने अमेरिकी प्रस्ताव छ ।
बेलायतको बहिर्गमन प्रक्रियाबारे वार्ता अनिर्णित नै रहेका समय इयूले अमेरिकासँगको वार्तालाई अघि बढाउन लागेको हो ।
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
होर्मुज खुलाउन इरानले मानेन
बेलायत बन्यो विश्वकै सबैभन्दा कडा धूम्रपान नियन्त्रण नीति अपनाउने देशमध्ये एक