लन्डन । लन्डनको विषाक्त वायू हटाउने एउटा लक्ष्यसहित लन्डन मेयरले सेन्ट्रल लन्डनमा सवारी साधनलाई महंगो शुल्क लगाउने योजना बनाएका छन् । आगामी ८ अप्रिल, २०१९ देखि दैनिक २४ घण्टा सातै दिन ‘लन्डन अल्ट्रा लो इमिसन जोन’ (अत्यन्तै न्यून वायू प्रदुषण क्षेत्र) कार्यान्वयनमा आउने भएको हो ।
लन्डनको विषाक्त वायूका कारण वर्षेनी हजारौंको अकालमै मृत्यु हुने गरेको र बालबालिकाको स्वास्थ्य जोखिममा पारिरहेको विश्वास गरिन्छ । ‘अल्ट्रा लो इमिसन जोन’ मेयर अफ लन्डनको वायू स्वच्छ बनाउन र लन्डनवासीको स्वास्थ्य सुधारका लागि ल्याइएको योजना हो’- ट्रान्सपोर्ट फर लन्डनले जनाएको छ ।
‘अल्ट्रा लो इमिसन जोन’ स्टयाण्डर्डको नहुने सवारी साधनले सेन्ट्रल लन्डन जांदा दिनको एकसय पाउण्डसम्म दिनुपर्ने जनाइएको छ । कार, मोटरसाइकल, भ्यानसहित साढे तीन टन वजनसम्मका गाडीलाई दैनिक १२.५० पाउण्ड लाग्ने र गरुंगा सवारी साधन, ३.५ टन बढिका लरी र ५ टनभन्दा बढि वजन भएका बस, कोचहरुलाई सेन्ट्रल लन्डन भित्र छिरे प्रतिदिन एक सय पाउण्ड शुल्क निर्धारण गरिएको छ । यो शुल्क ‘कन्जेक्सन चार्ज’ अतिरिक्त हुनेछ ।
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ