पेरिस, २८ पुस – पेरिसको मध्य क्षेत्रमा अवस्थित एक वेकरी पसलमा ग्यास चुहावट नियन्त्रण गर्ने क्रममा आगोले जलेर घाइते भएका दुई अग्नि नियन्त्रकको उपचारका क्रममा शनिबार निधन भएको छ ।
ग्यास चुहावटलाई नियन्त्रण गर्ने क्रममा भएको विष्फोटमा आगोले जलेर सख्त घाइते बनेका दुई उद्धारकर्मीको निधन भएको पेरिसको अभियोजनकर्ताको कार्यालयले जनाएको छ ।
घटनामा कम्तिमा ३७ जना घाइते भएका थिए । १२ जना गम्भीर रूपमा घाइते भएका थिए भने २४ जनालाई सामान्य चोट लागेको थियो । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएकोमा दुई जनाको मृत्यु भएको पुष्टि भएको हो ।
यसअघि अग्नी नियन्त्रण कार्यालय पेरिसका कमान्डर इरिक मौउलिनले घटनामा तीन अग्नि नियन्त्रकसहित १२ जना गम्भीर घाइते भएका र २४ जनालाई सामान्य चोट लागेको बताउनुभएको थियो ।
विश्वकप लिग-२ : युएईमाथि नेपालको जित
बेलायतमा २४औं गोर्खा कप २४ मेमा, प्रतियोगिताको तयारी तीव्र
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन
साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छ : प्रधानमन्त्री वालेन्द्र शाह
अवैध सुकुटी बिक्री गरेकोमा बेलायत अल्डरसटको ‘भिन्तुना’ रेस्टुरेन्ट दोषी
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय