वासिङ्टन डिसि, २६ पुस – हालै विश्वकै सर्वाधिक धनी व्यक्ति बन्न सफल अमेजन कम्पनीका संस्थापक दम्पत्तिको सम्वन्ध विच्छेद भएको छ । संस्थापक जेफ बेजोस र उनकी श्रीमती मक्केन्जीले २५ बर्ष लामो बैबाहिक जीवन अन्त्य गरेको घोषणा गरेका हुन् ।
अमेजनको सिइओको ट्वीटर एकाउन्टबाट दुवै जनाले बुधबार संयुक्त वक्तव्य सार्वजनिक गर्दै बैवाहिक जीवन राजीखुशीले अन्त्य गरेको उल्लेख गरेका छन् ।
उनीहरुले आफुहरु श्रीमान् श्रीमतीका रूपमा नरहेपनि नजिकको साथीका रुपमा भने रहिरहने जानकारी पनि दिएका छन् ।
“लामो समयसम्मको प्रेमपूर्ण जीवनबाट हामी अव छुट्टीएका छौँ, हामीले सम्वन्ध विच्छेद गरेपनि साथीको रूपमा हामी रहिरहने छौँ”- वक्तव्यमा भनिएको छ ।
एक अर्काप्रति कृतज्ञता प्रकट गर्दै उनीहरुले लेखेका छन्, “हामीले सँगै विताएको समय अत्यन्त सौभाग्यपूर्ण थियो, एक अर्कालाई पाएकोमा हामी भाग्यमानी हौँ, हामी एक अर्काप्रति कृतज्ञता ज्ञापन गर्दछौँ ।”
उनीहरुले “अहिले सम्वन्ध विच्छेद हुने कुरा विवाह अगाडी नै थाहा पाएको भएपनि हामीले विवाह गर्ने थियौँ” भनेका छन् ।
यो जोडीका चार सन्तान छन् ।
करिब पच्चिस बर्ष पहिले स्थापना भएको अमेजन कम्पनी विश्वकै सवैभन्दा मूल्यवान कम्पनी बन्न सफल भएको छ । अमेजनका संस्थापक जेफ बेजोसको सम्पत्ती एक खर्ब ३५ अर्ब पुगेको र अहिलेको अवस्थामा अब विश्वका सबैभन्दा धनी व्यक्ति बेजोस बनेका अमेरिकी सफ्टवेयर कम्पनी ब्लुमवर्ग अर्बपति सूचकाङ्कले सोमबार मात्रै देखाएको थियो । उनले माइक्रोसफ्टका विल गेट्सलाई सन् २०१७ मा पछि पार्न सफल भएका थिए ।
अमेजनले पहिलो पटक सोमबार सबैभन्दा उच्चस्थान ओगट्न सफल भएको थियो ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार