वासिङ्टन डिसि, २६ पुस – हालै विश्वकै सर्वाधिक धनी व्यक्ति बन्न सफल अमेजन कम्पनीका संस्थापक दम्पत्तिको सम्वन्ध विच्छेद भएको छ । संस्थापक जेफ बेजोस र उनकी श्रीमती मक्केन्जीले २५ बर्ष लामो बैबाहिक जीवन अन्त्य गरेको घोषणा गरेका हुन् ।
अमेजनको सिइओको ट्वीटर एकाउन्टबाट दुवै जनाले बुधबार संयुक्त वक्तव्य सार्वजनिक गर्दै बैवाहिक जीवन राजीखुशीले अन्त्य गरेको उल्लेख गरेका छन् ।
उनीहरुले आफुहरु श्रीमान् श्रीमतीका रूपमा नरहेपनि नजिकको साथीका रुपमा भने रहिरहने जानकारी पनि दिएका छन् ।
“लामो समयसम्मको प्रेमपूर्ण जीवनबाट हामी अव छुट्टीएका छौँ, हामीले सम्वन्ध विच्छेद गरेपनि साथीको रूपमा हामी रहिरहने छौँ”- वक्तव्यमा भनिएको छ ।
एक अर्काप्रति कृतज्ञता प्रकट गर्दै उनीहरुले लेखेका छन्, “हामीले सँगै विताएको समय अत्यन्त सौभाग्यपूर्ण थियो, एक अर्कालाई पाएकोमा हामी भाग्यमानी हौँ, हामी एक अर्काप्रति कृतज्ञता ज्ञापन गर्दछौँ ।”
उनीहरुले “अहिले सम्वन्ध विच्छेद हुने कुरा विवाह अगाडी नै थाहा पाएको भएपनि हामीले विवाह गर्ने थियौँ” भनेका छन् ।
यो जोडीका चार सन्तान छन् ।
करिब पच्चिस बर्ष पहिले स्थापना भएको अमेजन कम्पनी विश्वकै सवैभन्दा मूल्यवान कम्पनी बन्न सफल भएको छ । अमेजनका संस्थापक जेफ बेजोसको सम्पत्ती एक खर्ब ३५ अर्ब पुगेको र अहिलेको अवस्थामा अब विश्वका सबैभन्दा धनी व्यक्ति बेजोस बनेका अमेरिकी सफ्टवेयर कम्पनी ब्लुमवर्ग अर्बपति सूचकाङ्कले सोमबार मात्रै देखाएको थियो । उनले माइक्रोसफ्टका विल गेट्सलाई सन् २०१७ मा पछि पार्न सफल भएका थिए ।
अमेजनले पहिलो पटक सोमबार सबैभन्दा उच्चस्थान ओगट्न सफल भएको थियो ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल