लन्डन । बेलायती जेलमा नेपालीहरुको संख्या घटेको छ । बेलायतको गृह मन्त्रालय (होम अफिस) संग लन्डनस्थित नेपाली दूतावासले मागेको तथ्यांक अनुसार जनवरी ८ सम्म बेलायती जेलमा जम्मा ७ जना नेपाली छन् । जेलमा रहेकाको एक दुईबाहेक त्यस्तो गम्भीर प्रकृतिको अपराध नभएको पनि दूतावासले जनाएको छ ।
गत सेप्टेम्बरसम्म बेलायतका विभिन्न जेलमा रहेका नेपालीको संख्या १९ थियो । एकपटक २१ जनासम्म नेपाली जेलमा थिए ।
‘यो संख्या घट्नु एक हिसावले खुशीको कुरा हो’, दूतावासका उपनियोग प्रमुख शरदराज आरणले भने, ‘असामाजिक, उच्छृंखल र गैर कानुनी कार्य गरेरै हो जेल सजाय भोगिने । जेल पर्ने नेपाली घटे नेपाल र नेपालीकै प्रतिष्ठा राम्रो बन्नेछ ।’
केही दिन अघिमात्र बेलायतस्थित रेडिङ क्राउन कोर्टले ४३ वर्षीय देउकुमार लिम्बुलाई २२ वर्षीय युवकमाथि यौन हिंसा गरेको ठहर गर्दै १३ वर्षको जेल सजाय सुनाएको छ ।
सन् २०१८ मा मात्र विभिन्न अपराधमा केही नेपाली जेल गए । ब्रिटेनमा छुट्टी मनाउन जाने व्यक्तिहरुलाई गलत सूचना दिएर झण्डै एक करोड रुपैयां घोटाला गरेको अभियोगमा दोषी पाइएका मार्खर ट्रेडर्स लिमिटेडका निर्देशक तेजबहादुर गुरुङले २५ महिनाको जेल सजाय पाएका छन् । उता, एकजना वयोवृद्ध भूतपूर्व गोर्खा सैनिकलाई मारेको (कर्तव्य ज्यान मुद्दा) मा दोषी पाइएकी सुनमाया तामाङलाई ब्रिटेनको सेन्ट्रल क्रिमिनल कोर्ट, ओल्ड बेलीले आठ वर्षको जेल सजाय सुनायो ।
केही महिना अघि लागूऔषध कारोबारमा संलग्न भएको अभियोगमा चमन श्रेष्ठलाई ब्रिटेनस्थित रेडिङ क्राउन कोर्टले दुई वर्ष ८ महिना जेल सजाय सुनाएको थियो ।
लन्डनस्थित नेपाली सोलिसिटर राजु थापाले अपराधिक क्रियाकलापमा संलग्न हुंदा समाजबाट तिरस्कृतमात्र होइन, जीन्दगीभर बेलायतमा रोजगारी समेत नपाइने बताए । ‘आवासीय अधिकार मात्र छ र १२ महिना बढिको जेल सजाय सुनाइएको भए त्यो व्यक्तिलाई सजाय पछि नेपाल नै ‘डिपोर्ट’ गरिदिने बेलायतको कानुनी प्रावधान छ’, थापाले भने ।
इकान्तिपुर
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म
पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक धरमराज भण्डारी
संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने नेपाली कांग्रेसको निर्णय
नेपाल पत्रकार महासंघ यूकेले १० जुलाईमा १५औं स्थापना दिवस मनाउने
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा