
किनसासा, २२ पुस – कङ्गोको राष्ट्रपतीय निर्वाचनको परिणामको विरुद्धमा हुन सक्ने सम्भावित हमला रोक्नका लागि संयुक्त राज्य अमेरिकाले सेना पठाएको छ ।
सो कुराको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिनुभएको छ । उहाँले कङ्गोमा राष्ट्रपतीय निर्वाचन र त्यसको परिणामसँग सम्बन्धित हिंसालाई मध्यनजर गरी अमेरिकाले सेना पठाएको जानकारी दिनुभएको छ ।
उहाँले कङ्गोमा रहेको अमेरिकी सम्पत्तिको संरक्षणका लागि सेना पठाइएको जानकारी दिनुभएको हो । कङ्गोमा यहाँको क्याथोलिक चर्चमा केन्द्रित कैयौँ हमला भएका छन् ।
कङ्गोमा निकै लामो प्रयत्नपछि डिसेम्बर ३० मा राष्ट्रपतिको निर्वाचन भएको हो । सो निर्वाचनको मत गणना हुनलागेको छ । सो मत परिणामपछि त्यस परिणाम चित्त नबुझाउने व्यक्तिले हिंसा मच्चाउन सक्ने र त्यसमा त्यहाँ रहेका अमेरिकी सम्पत्तिमाथि पनि हमला हुनसक्ने अनुमानस्वरुप सेना पठाइएको अमेरिकाले जनाएको छ ।
उक्त निर्वाचनको प्रारम्भिक अथवा पहिलो चरणको केही परिणाम आइतबार सार्वजनिक गर्ने तयारी गरिएको छ । उक्त परिणामलाई लिएर कुनै हिंसा नमच्चाउन र जनताले दिएको मतको परिणामलाई स्वीकार गर्न विश्वव्यापीरुपमा कङ्गोली नागरिकलाई आह्वान गरिएको छ ।
त्यसैगरी सो निर्वाचनको परिणाम जतिसक्दो चाँडै घोषणा गरी जनताको चाहनाको कुरा सार्वजनिक गरिदिन पनि अमेरिका, अफ्रिकी युनियन र अरु पनि विदेशी समुदाय तथा संघसंस्थाले आग्रह गरिरहेका छन् ।
उक्त निर्वाचनमा पश्चिमालाई भने निर्वाचन पर्यवेक्षकको रुपमा आमन्त्रण गरिएको थिएन । यहाँका कतिपय दल र समुदायले उक्त निर्वाचनको निश्पक्षतामाथि व्यापक मात्रामा प्रश्न उठाएका छन् ।
उता अमेरिकाले भने यहाँको निर्वाचनको परिणामलाई स्वीकार गर्नुपर्ने बताएको छ । राष्ट्रपतिको निर्वाचन एक प्रजातान्त्रिक प्रक्रिया भएकोले त्यसलाई सबैले स्वीकार गर्नुपर्ने अमेरिकी भनाइ छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले पनि प्रजातान्त्रिक प्रक्रियालाई स्वीकार गर्न भन्नुभएको छ । उहाँले यदि यो प्रजातान्त्रिक प्रक्रियाबाट भएको निर्वाचनको परिणाम अस्विकार गर्ने काम भयो भने अमेरिकाले नाकाबन्दी लगाउने बताउनुभएको छ ।
निर्वाचन परिणामबारेका प्रारम्भिक सर्वेक्षणले सार्वजनिक गरेका परिणामका कारण यहाँ हिंसा हुनसक्ने अनुमान गरिएको छ । त्यसै कारणले सुरक्षा व्यवस्थालाई पनि निकै कडा बनाइएको छ ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी