
वासिङ्टन डीसी, संयुक्त राज्य अमेरिका, २० पुस – अमेरिकी प्रतिनिधिमण्डल व्यापार विवादबारे छलफलका लागि आगामी हप्ता चीन जाने भएको छ ।
व्यापार विवादले विश्वको ध्यान चीन र अमेरिकातर्फ खिचिरहेका समय चिनियाँ राष्ट्रपति सी चिनफिङ र उहाँका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबीच जी–ट्वान्टी सम्मेलनका शिलशिलामा अर्जेन्टिनामा भएको भेटलाई निरन्तरता दिँदै यही जनवरी ७ र ८ मा व्यापारविवाद लगायतका बिषयमा छलफल गर्न अमेरिकी टोली चीन जाने कार्यक्रम तय भएको रूसी समाचार संस्था स्पुतनिकले चीनको बाणिज्य मन्त्रालयलाई उद्धृत गरी जनाएको छ ।
विश्वका शक्तिशाली अर्थतन्त्र भएका दुई मुलुकका नेताबीच यस पहिले जी–ट्वान्टी सम्मेलनका शिलशिलामा अर्जेन्टिनामा भएको भेटवार्तापछि उनीहरूले व्यापार विवादलाई अस्थायी रूपमा नै भएपनि ९० दिनका लागि रोक्न सहमति जनाएका थिए ।
“शुक्रबार विहानै चीन र अमेरिकी नेतृत्वबीच टेलिफोन वार्ता भएको छ । उक्त उप–मन्त्रीस्तरीय टेलिफोन कुराकानीबाट व्यापार विवादबारे वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल चीन आउनेछ,” चिनियाँ बाणिज्य मन्त्रालयले उल्लेख गरेको छ ।
चीनले वार्ताबारे थप पुष्टि गर्दै भनेको छ, ‘अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व अमेरिकी व्यापार प्रतिनिधि जेफ्रे गेरिसले गर्नुहुनेछ । साथै प्रतिनिधिमण्डलमा वैदेशिक मामिलाबारे जानकार ड्याभिस मालपास पनि सहभागी हुनुहुनेछ ।’
अमेरिका तथा चिनियाँ व्यापार तथा आर्थिक बिषयका लागि गठित कार्यदलले दुई देशका उच्च नेताबीच अर्जेन्टिनामा भएको महत्वपूर्ण सहमतिलाई कार्यान्वयनका लागि रचनात्मक वार्ता गरी अघि बढ्ने विश्वास चीनको रहेको मन्त्रालयले उल्लेख गरेको छ ।
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता
बेलायत – भारत शैक्षिक सम्बन्धलाई सुदृढ पार्न भारतमा नौ वटा ब्रिटिस विश्वविद्यालय स्थापना गरिदै
अमेरिकी सरकार सटडाउनतर्फ
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
राष्ट्रियसभा सदस्य निर्वाचन : को को भए निर्वाचित ?
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द