मस्को, १९ पुस – रुसको एउटा अपार्टमेन्टमा भएको विस्फोटनमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।
विस्फोटनपछि बेपत्ता भएकाहरुको खोजी गर्ने क्रममा थप व्यक्तीहरुको पनि शव भेटिएकाले मृत्यु हुनेहरुको संख्या बिहीबार ३७ पुगेको हो ।
नयाँ बर्षको अवसरमा आयोजित रमाइलो कार्यक्रम गरिरहेका बेला अपार्टमेन्टको एक भागमा ग्यास विस्फोटन भएपनि सँगसँगै अरु धेरै परिवार रहेकाले उनीहरुलाई पनि असर परेको अधिकारीहरुले जनाएका छन् ।
मृत्यु हुनेमा छ जना बालबालिका रहेको आपतकालिन मन्त्रालयले जारी गरेको वक्तव्यमा जनाइएको छ । घटनास्थलबाट दुई जना बालबालिका सहित छ जनालाई उद्धार गरिएको छ ।
अत्यन्त न्युन तापक्रमका कारण उद्धार तथा खोजी कार्यमा कठिनाई भएको उद्धारकर्ताहरुले बताएका छन् । घटनास्थलको तापक्रम माइनस २७ डिग्री सेल्सीयस रहेको बताइएको छ ।
पूर्वी मस्कोबाट करिब एक हजार ७०० किलोममिटर टाढा रहेको घटनास्थलमा ८६ आवासीय भवन रहेका थिए ।
ती घरहरुमा करिब एक हजार एक सय व्यक्तिको बसोवास रहेको थियो । यस विस्फोटबाट करिब ३५ वटा अपार्टमेन्ट ध्वस्त र १० वटा क्षतिग्रस्त भएको बताइएको छ । विस्फोटबाट नयाँ वर्षकै दिनमा दर्जनौ मानिस घरवारविहीन भएका छन् ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ