काठमाडौँ, १८ पुस- व्यापार प्रवद्र्धन गर्ने लक्ष्यका साथ राष्ट्रिय वाणिज्य बैंकले आफ्नो सद्भावना दूत (ब्राण्ड एम्बास्डर) मा शृङ्खला खतिवडा (मिस नेपाल २०१८) लाई नियुक्त गरेको छ ।
बैंकमा आज आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको सेवालाई अझ विस्तार गर्दै लैजान मिस नेपाल खतिवडालाई ब्राण्ड एम्बास्डर बनाएको जानकारी दिनुभयो । यसले नेपालको बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकको साख अभिवृद्धिमा सहयोग पुग्ने विश्वास उहाँको छ ।
बैंकले युवा जनशक्तिलाई प्रोत्साहन गर्नुपर्छ भन्ने हेतुले खतिवडालाई सद्भावना दूतमा रोजेको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको भनाइ छ ।
सद्भावना दूत नियुक्तिसम्बन्धी सम्झौतामा बैंककोतर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजरको तर्फबाट अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले हस्ताक्षर गर्नुभएको थियो ।
सो कार्यक्रममा मिस नेपाल २०१८ शृङ्खला खतिवडाले आफू सरकारी स्वामित्वमा रहेको वाणिज्य बैंकको सद्भावना दूत हुन पाउँदा असाध्यै खुशी लागेको बताउनुभयो ।
विसं २०२२ माघ १० गते स्थापाना भएको बैंकले हाल ७७ जिल्लामध्ये ७४ जिल्लामा आफ्नो सेवा दिइरहेको छ । हाल देशभर २१० शाखा कार्यालय, १६५ एटिएम, १७ एक्टेन्शन काउन्टर, ९३ शाखारहित बैंकिङ सेवा दिइरहेको छ ।
बैंकको २०७५ असोज मसान्तसम्म कूल निक्षेप रु एक खर्ब ६४ अर्ब छ । यस्तै बैंकले रु एक खर्ब २३ अर्ब ऋण लगानी गरेको छ । गत असोज मसान्तसम्म बैंकले रु एक अर्ब १२ करोड खुद मुनाफा गरेको छ । विसं २०७४ असोजमा भने रु ७० करोड ८७ लाख मुनाफा गरेको थियो ।
बैंकले एनआइडिसी डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी २०७५ वैशाख १९ गतेदेखि एकीकृत कारोवार गर्दै आएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै