काठमाडौँ, १८ पुस- व्यापार प्रवद्र्धन गर्ने लक्ष्यका साथ राष्ट्रिय वाणिज्य बैंकले आफ्नो सद्भावना दूत (ब्राण्ड एम्बास्डर) मा शृङ्खला खतिवडा (मिस नेपाल २०१८) लाई नियुक्त गरेको छ ।
बैंकमा आज आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको सेवालाई अझ विस्तार गर्दै लैजान मिस नेपाल खतिवडालाई ब्राण्ड एम्बास्डर बनाएको जानकारी दिनुभयो । यसले नेपालको बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकको साख अभिवृद्धिमा सहयोग पुग्ने विश्वास उहाँको छ ।
बैंकले युवा जनशक्तिलाई प्रोत्साहन गर्नुपर्छ भन्ने हेतुले खतिवडालाई सद्भावना दूतमा रोजेको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको भनाइ छ ।
सद्भावना दूत नियुक्तिसम्बन्धी सम्झौतामा बैंककोतर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजरको तर्फबाट अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले हस्ताक्षर गर्नुभएको थियो ।
सो कार्यक्रममा मिस नेपाल २०१८ शृङ्खला खतिवडाले आफू सरकारी स्वामित्वमा रहेको वाणिज्य बैंकको सद्भावना दूत हुन पाउँदा असाध्यै खुशी लागेको बताउनुभयो ।
विसं २०२२ माघ १० गते स्थापाना भएको बैंकले हाल ७७ जिल्लामध्ये ७४ जिल्लामा आफ्नो सेवा दिइरहेको छ । हाल देशभर २१० शाखा कार्यालय, १६५ एटिएम, १७ एक्टेन्शन काउन्टर, ९३ शाखारहित बैंकिङ सेवा दिइरहेको छ ।
बैंकको २०७५ असोज मसान्तसम्म कूल निक्षेप रु एक खर्ब ६४ अर्ब छ । यस्तै बैंकले रु एक खर्ब २३ अर्ब ऋण लगानी गरेको छ । गत असोज मसान्तसम्म बैंकले रु एक अर्ब १२ करोड खुद मुनाफा गरेको छ । विसं २०७४ असोजमा भने रु ७० करोड ८७ लाख मुनाफा गरेको थियो ।
बैंकले एनआइडिसी डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी २०७५ वैशाख १९ गतेदेखि एकीकृत कारोवार गर्दै आएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपालको परराष्ट्र मन्त्रालयले माग्यो विभिन्न मुलुकका लागि राजदूत पदमा आवेदन
बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम
एनआरएनए कानुनको मस्यौदामाथि छलफल हुन्छ : परराष्ट्रमन्त्री खनाल
संसद्को ‘लोगो’सहित सांसद मिङमा डेभिड शेर्पा सगरमाथाको चुचुरोमा
आगामी जुन २१ मा नेपाली राजदूतावास लन्डनमा ध्यान तथा योग शिविर हुने
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता