
बेइजिङ, १७ पुस – चीन र संयुक्तराज्य अमेरिकाका राष्ट्रपतिहरुले दुबै मुलुकबीचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । चिनीया सरकारी सञ्चार माध्यमहरुले चीन र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४०औं वर्षगाँठका अवसरमा दुबै नेताबीच भएको शुभकामना सन्देशमा उक्त कुरा व्यक्त भएको छ ।
सन् २०१८ मा बेइजिङ र वासिङटनबीच व्यापार विवादका कारण तनावका स्थिति रहेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग व्यापार युद्धविराम गर्दै करवृद्धिको नयाँ योजना कार्यान्वयन गर्नुभएको छैन ।
गत शनिबार मात्र अमेरिकी राष्ट्रपतिले चिनीया राष्ट्रपति सी जिनपिङलाई टेलिफोन गरी नयाँ वर्षमा दुई मुलुकबीचको सम्बन्धलाई थप सुदृढ गर्ने बताउनुभएको सञ्चार माध्यमले जनाएको छ ।
अमेरिकी राष्ट्रपतिलाई पठाउनुभएको सन्देशमा चिनीया राष्ट्रपति सीले दुबै मुलुकबीच समन्वय, सहयोग र स्थायित्व ल्याउन मिलेर कार्य गर्न चीन उत्सुक रहेको बताउनुभएको छ ।
चिनीया समाचार संस्था सिन्ह्वाका अनुसार राष्ट्रपति ट्रम्पले दुई मुलुकबीचको चार दशक लामो कूटनीतिक सम्बन्धलाई थप सुदृढ गर्न अमेरिका तत्पर रहेको बताउनुभएको छ ।
पछिल्लो वर्ष चीन र अमेरिकाले एकअर्का मुलुकका करिब ३०० अर्ब अमेरिकी डलर बराबरका सामानमा करवृद्धि गरेका थिए । चिनीया व्यापारिक अभ्यासहरु अनुचित रहेको भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पले चीन विरुद्ध व्यापारिक युद्ध नै चलाउनुभएको थियो । चीनका व्यापारिक अभ्यासप्रति युरोपेली युनियन र जापानले पनि असन्तोष प्रकट गरिरहेका थिए ।
तर, ब्युनस आयर्समा सम्पन्न औद्योगिक राष्ट्रहरुको शिखर बैठक (जी–२०) का अवसरमा दुबै राष्ट्रप्रमुखबीच तीन महिने व्यापार युद्धविराम गर्ने सहमति भएको थियो । व्यापारका क्षेत्रमा देखिएका विवादका विषयमा चीन र अमेरिकाबीच गम्भीर विचार विमर्श गर्ने सहमति उक्त भेटमा भएको थियो ।
चीन र अमेरिकाबीच जनवरी १, १९७९ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । यहीवर्ष चीनका नेता देङ सियाओपिङले संयुक्तराज्य अमेरिकी राष्ट्रपति जिम्मी कार्टरलाई वासिङटनमा भेट गर्नुभएको थियो । त्यसयता दुबै मुलुकबीचको सम्बन्धमा नाटकीय रुपमा परिवर्तन आएको छ ।
विगत ४० वर्षमा ताइवान, मानव अधिकार र व्यापारका विषयमा चीन र अमेरिकाबीचको सम्बन्धमा उतारचढाव आएका छन् ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान