
बेइजिङ, १७ पुस – चीन र संयुक्तराज्य अमेरिकाका राष्ट्रपतिहरुले दुबै मुलुकबीचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । चिनीया सरकारी सञ्चार माध्यमहरुले चीन र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४०औं वर्षगाँठका अवसरमा दुबै नेताबीच भएको शुभकामना सन्देशमा उक्त कुरा व्यक्त भएको छ ।
सन् २०१८ मा बेइजिङ र वासिङटनबीच व्यापार विवादका कारण तनावका स्थिति रहेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग व्यापार युद्धविराम गर्दै करवृद्धिको नयाँ योजना कार्यान्वयन गर्नुभएको छैन ।
गत शनिबार मात्र अमेरिकी राष्ट्रपतिले चिनीया राष्ट्रपति सी जिनपिङलाई टेलिफोन गरी नयाँ वर्षमा दुई मुलुकबीचको सम्बन्धलाई थप सुदृढ गर्ने बताउनुभएको सञ्चार माध्यमले जनाएको छ ।
अमेरिकी राष्ट्रपतिलाई पठाउनुभएको सन्देशमा चिनीया राष्ट्रपति सीले दुबै मुलुकबीच समन्वय, सहयोग र स्थायित्व ल्याउन मिलेर कार्य गर्न चीन उत्सुक रहेको बताउनुभएको छ ।
चिनीया समाचार संस्था सिन्ह्वाका अनुसार राष्ट्रपति ट्रम्पले दुई मुलुकबीचको चार दशक लामो कूटनीतिक सम्बन्धलाई थप सुदृढ गर्न अमेरिका तत्पर रहेको बताउनुभएको छ ।
पछिल्लो वर्ष चीन र अमेरिकाले एकअर्का मुलुकका करिब ३०० अर्ब अमेरिकी डलर बराबरका सामानमा करवृद्धि गरेका थिए । चिनीया व्यापारिक अभ्यासहरु अनुचित रहेको भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पले चीन विरुद्ध व्यापारिक युद्ध नै चलाउनुभएको थियो । चीनका व्यापारिक अभ्यासप्रति युरोपेली युनियन र जापानले पनि असन्तोष प्रकट गरिरहेका थिए ।
तर, ब्युनस आयर्समा सम्पन्न औद्योगिक राष्ट्रहरुको शिखर बैठक (जी–२०) का अवसरमा दुबै राष्ट्रप्रमुखबीच तीन महिने व्यापार युद्धविराम गर्ने सहमति भएको थियो । व्यापारका क्षेत्रमा देखिएका विवादका विषयमा चीन र अमेरिकाबीच गम्भीर विचार विमर्श गर्ने सहमति उक्त भेटमा भएको थियो ।
चीन र अमेरिकाबीच जनवरी १, १९७९ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । यहीवर्ष चीनका नेता देङ सियाओपिङले संयुक्तराज्य अमेरिकी राष्ट्रपति जिम्मी कार्टरलाई वासिङटनमा भेट गर्नुभएको थियो । त्यसयता दुबै मुलुकबीचको सम्बन्धमा नाटकीय रुपमा परिवर्तन आएको छ ।
विगत ४० वर्षमा ताइवान, मानव अधिकार र व्यापारका विषयमा चीन र अमेरिकाबीचको सम्बन्धमा उतारचढाव आएका छन् ।
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु