सङ्खुवासभा अन्तर्राष्ट्रिय समाज गठनको औचित्य

‘विश्वभरिका सबै संखुवासभालीहरु काठमाडौंमा भेला हौं

प्रथम ऐतिहासिक अन्तर्राष्ट्रिय सम्मेलनलाई सफल पारौं’…

यस उद्घोषका साथ संसारभरि छरिएर रहेका संखुवासभालीहरुको बिशुद्ध साझा छाता संस्थाको रुपमा स्थापना भएको संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद्को ऐतिहासिक प्रथम अन्तर्राष्ट्रिय सम्मेलन आगामी १२ अप्रिल २०१९ शुक्रबारको दिन (चैत्र २९ गते शुक्रबार) काठमाण्डांैमा भन्यरुपमा सम्पन्न हुन गइरहेको छ ।

विश्वको विभिन्न राष्ट्रहरुमा संखुवासभा समाज स्थापना भएका कार्यसमितिको तर्फबाट अध्यक्ष, महासचिव लगायत सबै पदाधिकारीहरु, सदस्यहरु, सल्लाहकारहरु, भूपू अध्यक्षहरु अन्य गन्यमान्य वुद्धिजिवी जिल्लावासी महानुभावहरुसहित संखुवासभा समाज स्थापना हुन बाँकी रहेका राष्ट्रहरुबाट सम्पर्क प्रमुख, सम्पर्क सहप्रमुखसहित आफ्नो समयको अनुकूलता मिल्ने सबै जिल्लावासी संखुवासभाली महानुभावहरू प्रतिनिधि, पर्यवेक्षकको रुपमा प्रथम अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुनको निम्ति परिषद्को तर्फबाट विनम्र अनुरोध गर्दछु ।

यस प्रथम ऐतिहासिक अन्तर्राष्ट्रिय सम्मेलनमा उपस्थित हुनुहुने अध्यक्ष, अन्य सबै पदाधिकारीहरु, सदस्यहरु, सल्लाहकारहरु भूपू अध्यक्षहरु सम्पर्क प्रमुखहरु, प्रतिनिधि वा पर्यवेक्षकहरू लगायत अन्य गन्यमान्य वुद्धिजिवीहरु सबैको संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद्को संस्थापकको अभिलेखमा नाम रहनेछ । प्रथम सम्मेलनमा प्रथम प्रस्तावित विधान मस्यौदा २०१८ सहित साझा घोषणापत्रको साथमा परिषद्को प्रतिवेदन पेश गरिने छ ।

प्रथम सम्मेलनमा प्रस्तुत संखुवासभाली विविध सांस्कृतिक कार्यक्रमसहित सम्पन्न कार्यपत्रका विवरणहरु पत्रपत्रिका, अनलाइन मिडिया, एफएम रेडियो साथै टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिनेछ । प्रथम ऐतिहासिक अन्तर्राष्ट्रिय सम्मेलनमा उपस्थित सबै राष्ट्रको प्रतिनिधित्व लोगो अंकित ब्यानर, झण्डा, नामप्लेट परिचय पत्र आदिको ब्यवस्था गरिएको छ । साथै प्रथम सम्मेलन सफल पार्न केही आवश्यक ब्यवस्थापन मिलाउनु पर्ने भएको हुनाले सहभागी हुनु हुने सबै महानुभावहरूले अग्रीम जानकारी गराइदिनु भएमा परिषद् आभारी हुनेछ।
संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद्ले संसारभर छरिएर रहेका संखुवासभालीहरुलाई एउटै ठाउंमा ल्याउने कामको शुरूवात गरेको छ भने संखुवासभा जिल्लाको पहिचान, नमुना जिल्लाको रुपमा चिनाउने अभियान नै वर्तमान परिप्रेक्ष्यमा सम्पूर्ण संखुवासभालीहरुको साझा आवाजको रुपमा रुपान्तरण भएको छ । सबै देशको संखुवासभा समाजको तर्फबाट संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद्संग 
समन्वय, सहकार्य र आवश्यक परामर्श गरी संस्थागत रुपमा अगाडि बढ्नको निम्ति सिंगो संखुवासभालीहरु साझा माग रहेको प्रष्ट छ ।

संखुवासभा जिल्लामा जन्मी हुर्की विभिन्न पेशा व्यवसाय, रोजगारी तथा अध्ययनका साथ साथै अन्य सिलसिलामा विश्वको विभिन्न मुलुकमा बसोबास गरिरहेका सम्पूर्ण संखुवासभालीहरूलाई संखुवासभाली झण्डामुनी एकीकृत गरी संगठित रुपमा गोलबन्द गर्दै एकै साथ संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद्“ मार्फत जिल्लाको समग्र विकासमा टेवा पुर्याउनुको साथै जिल्ला र जिल्लावासीको समृद्धिको दिशातर्फ अगाडि बढाउने महान अभियानभित्र साझा लक्ष्य र साझा उद्देश्य छ ।

परिषद्को प्रथम ऐतिहासिक अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत महत्वपूर्ण विषयहरु समेटिएको परिषद्को प्रतिवेदनउपर घनीभूतरुपमा छलफल गर्नको निम्ति अन्तर्राष्ट्रिय स्तरमा सबै संखुवासभालीहरु उत्साहका साथ उपस्थिति हुन जरुरी छ । भेलामा भएको छलफल र यहांबाट गरिने निर्णयहरुले परिषद्लाई अझ गतिशील र प्रभावकारी तुल्याउने छ भन्ने विश्वास छ । साझा अजेण्डाको रुपमा परिषदले गर्नुपर्ने प्रतिनिधिमूलक राम्रा कामहरु सबै समेट्ने कोशिस गरेका छौं । संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषदमार्फत अधिकतम कार्यक्रमहरुको आयोजना गरी समृद्ध संखुवासभा निर्माण गर्नु जरुरी छ ।

जिल्लाको विकासमा बेला मौकामा देखिने प्रतिकूलताहरुको सामना दृढतापूर्वक सबै जिल्लावासी मिलेर गर्नुपर्छ र नयां नयां उपलब्धिहरु हासिल गर्दै संखुवासभालाई एक नमुना जिल्लाको रुपमा 
अन्तर्राष्ट्रिय स्तरमा चिनाउनको निम्ति विश्वभर रहेका संखुवासभालीहरुको साझा माग छ । आम संखुवासभालीहरुको साझा धारणा, साझा उद्देश्य र साझा लक्ष्य भएकोले संखुवासभा जिल्लावासीहरु बसोबास गरी बसेका विश्वको २७ वटा राष्ट्रमा परिषद्ले रफ्तारका साथ सम्पर्क विस्तार गरिसकेको छ भने संखुवासभालीहरु पुगेका अन्य राष्ट्रमा पनि सम्पर्क गर्ने कार्य जारी रहेको अवस्था छ । प्राय गरेर धेरै राष्ट्रहरुमा संखुवासभा समाज स्थापना भएका छन् भने संखुवासभा समाज गठनको प्रक्रियामा रहेका अन्य बाँकी राष्ट्रहरुमा सम्पर्क प्रमुखहरुको पहलमा संखुवासभा सम्पर्क मञ्च स्थापना गर्ने काम भएको छ ।

स्थापित संखुवासभा समाजहरु र संखुवासभा सम्पर्क मञ्चहरु आवद्ध रहेको संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषदले भविष्यमा जिल्ला विकास समन्वय समितिको साथै पांचवटा नगरपालिकाहरुसंग समन्वय र सहकार्य गरी जिल्लाको कुनै ठूलो शहरहरुमा जिल्ला महोत्सव कार्यक्रमकै अवधिमा पारेर परिषदको महाधिवेशन गरिनेछ । संखुवासभालीहरुको विशुद्ध साझा छाता संस्थाको रूपमा संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषदको स्थापना गरिएको बारेमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण संखुवासभा जिल्लावासीहरुको निम्ति वर्तमान आवश्यकताको विश्लेषण संखुवासभा समाज बेलायतको दशौं वार्षिक महोत्सव कार्यक्रममा प्रस्तुत साझा घोषणापत्रमा उल्लेख गरिसकेको छ ।

गणेश रानामगर

आम संखुवासभालीहरुले गर्व गर्नुपर्ने विषय छ कि अन्तर्राष्ट्रिय स्तरबाट नै संखुवासभा जिल्लावासीहरुले चालेका प्रत्येक कदमहरु सिंगो जिल्ला र संखुवासभालीहरुको शिर मकालु हिमालको शिखर नजिक सफलताको पाईलाहरुको रुपमा पुग्न लागि सकेको छ। संखुवासभा जिल्ला वास्तवमै विभिन्न प्रकारका रङ्गीचङ्गी फूलहरु एक आपसमा ढकमक्क भएर फुलेको सुन्दर र मनमोहक साझा फूलबारी झैं बहुजाति, बहुभाषी, बहुधार्मिक, बहुसंस्कृतिमा धनी र समस्त संखुवासभालीहरुलाई एउटै समावेशी मालामा गांसेर संसारभरि छरिएर रहेका संखुवासभालीहरुको आवाजलाई एउटै आवाजमा रुपान्तरण गर्दै आज विश्वसामु सिंगो संखुवासभाली आवाजको रुपमा बुलन्द भएर जुन “ संखुवासभा अन्तराष्ट्रिय समन्वय परिषद्“ मार्फत गुञ्जंदैछ।

प्रथम ऐतिहासिक अन्तर्राष्ट्रिय सम्मेलनमार्फत संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषदलाई संस्थागत गर्नको निमित्त मेरुदण्डको रुपमा मानिने “विधान“ को लेखन कार्यसहित परिषद्को अवधारणालाई कार्यसम्पादन सम्पन्न गरी २७ राष्ट्रमध्ये स्थापित संखुवासभा समाजका पदाधिकारी एवं समाज स्थापना प्रक्रिया रहेका संखुवासभा सम्पर्क मञ्चहरुको प्रमुखज्यूहरु सम्मिलित विधान उप मस्यौदा समितिमा अध्ययन तथा आवश्यक सल्लाह सुझाव र परिमार्जनको निमित्त पठाइसकिएको छ। विधान उप मस्यौदा समितिको अध्ययनपश्चात् परिषदमा प्राप्त सल्लाह सुझावको आधारमा प्रस्तावित विधानलाई संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषदको प्रथम ऐतिहासिक बृहत भेलामार्फत् अनमोदन गरी विश्वभरि रहेका सबै संखुवासभा जिल्लावासी महानुभावहरुमाझ पठाइने छ ।

संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद् किन र के का लागि ? वर्तमानको आवश्यकता कि जिज्ञासाको 
कौतुहलता ? समयसापेक्ष प्रश्न उठ्नु स्वभाविक हो ।

सहजतामा- संखुवासभा जिल्लावासीहरुलाई भई परिआउने प्राकृतिक प्रकोप, भबितब्य, प्रत्यक्ष अप्रत्यक्ष रुपमा देखिएका जटिल चुनौती एवं अचानक 
आइपर्ने विभिन्न खाले समस्याहरूसंग जुध्न संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद् मार्फत सदैव एक आपसमा सामूहिकरूपमा हातमा हात, कांधमा कांध मिलाई संगठनात्मक रुपमा मुकाबिला र सामना गर्न सहजीकरण हुनेछ। गृहजिल्लाको विकास र जिल्लाबासी जनहितको लागि (एक थोपा सुकी सय थोपा नदी) लाई आत्मसात गरी तपाईं हाम्रो प्रयासले थोपा थोपा जम्मा गरेर जिल्लाबासी र जिल्ला विकासमा टेवा पुग्न सक्नेछ ।

देशविदेशमा रहेका आम संखुवासभा जिल्लावासी दाजुभाई दिदीबहिनीहरु एक आपसमा चिनजानको साथ जिल्लाबासी गाउंले सम्बन्धलाई सुदृढ र प्रगाढ बनाई अपनत्वमा परिणत गर्दै संखुवासभा 
अन्तर्राष्ट्रिय समन्वय परिषदको महान साझा अभियानको निर्माण कार्यमा सहज होस् भनेर संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषदको अफिसियल वेवसाइट, इमेल, सामजिक सञ्जालका ग्रुप पेजहरु सञ्चालनमा छन् । संखुवासभा 
अन्तर्राष्ट्रिय समन्वय परिषदको सामजिक सञ्जालका ग्रुप पेजहरुमा विभिन्न देशहरुमा स्थापना भएका संखुवासभा समाजको संस्थागत निर्णयगतका बुदांहरु, दीगो र प्रगतिशील एजेन्डाहरु, गतिशील गतिविधिहरुसहित गृहजिल्ला संखुवासभासँग सम्बन्धित समाचार, खबर, सूचना, लेख, रचना, कथा, कविता, मुक्तक, शुभकामना, बधाई एवं वस्तुस्थिति सामग्रीहरु पोष्ट गर्नु हुनको निम्ति सम्पूर्ण संखुवासभाली महानुभावहरुमा परिषदद्वारा विनम्र अनुरोध गरिएको छ । गृहजिल्ला संखुवासभावाट विश्वको विभिन्न मुलुकलाई कर्मथलो बनाई बस्नु हुने सम्पूर्ण संखुवासभाली अग्रज बुद्धिजीवी, वीज्ञविद्वान, विभिन्न विधा, क्षेत्रदेखि समाजसेवी, पत्रकार, सञ्चारकर्मी, कलाकर्मी, संगीतकार, गीतकार, साहित्यकार, कथाकार, कवि लेखक, स्रष्टा सर्जक, प्राध्यापक, उच्चशिक्षा अध्ययनरत जिल्लावासी, पर्यटन, होटल रेष्टुरेन्ट, उद्योग कलकारखाना, लगायतको व्यावसायमा आवद्ध हुनुभएका सम्पूर्ण संखुवासभा जिल्लावासी महानुभावहरुलाई एकीकृत गरी अन्तर्राष्ट्रिय एकतामा रुपान्तरण गर्दै अन्तर्राष्ट्रियस्तरमा नै एउटा कोशेढुङ्गाको रुपमा संखुवासभालीहरुको शीर उच्च राख्नको निमित्त संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद् आफ्नो गृहजिल्ला र गृह जिल्लावासीप्रति सदैव समर्पित रहने प्रतिवद्धता जाहेर गर्दछ।

जय अन्तर्राष्ट्रिय संखुवासभा ।

(लेखक संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद्को संयोजक हुनुहुन्छ)

प्रतिक्रिया

सम्बन्धित सामाग्री