साउथ इष्ट लण्डनमा तमु ल्होसारको उल्लास

तस्वीर याम गुरुङ

लण्डन । दक्षिण पूर्वी क्षेत्रीय तमुधिँ लण्डनमा तमु फो ल्होसार मनाइएको छ । एसिएन कम्युनिटी सेन्टरमा शनिबार आयोजित सो कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशका अर्थ तथा योजना मन्त्री किरण गुरुङ रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले युकेमा बसिरहेका नेपालीहरुलाई नेपाल फर्केर नेपाल आमाको सेवा गर्न निम्तो दिए । विदेशमा ज्ञान, सीप सिकेर त्यसलाई नेपालमा उपयोग गर्न उनले आह्वान गरे । विदेशमा आर्जन गरिएको सम्पत्तिलाई नेपालमा लगानी गर्न आग्रह गर्दै उनले अब नेपालमा लगानीको सुरक्षाको ग्यारेण्टी भएको बताए ।

कार्यक्रममा स्वागत मन्तब्य एवम् हेल्थ एण्ड सेफ्टीका बारेमा उपाध्यक्ष सुमन गुरुङले जानकारी दिएका थिए भने संचालन महासचिव ह्यारी गुरुङले गरेका थिए ।

कार्यक्रमको उद्घाटन मन्त्री किरण गुरुङ, अध्यक्ष श्रीचन्द्र गुरुङ र संस्थापक अध्यक्ष चन्द्रमान गुरुङले पानसमा बत्ती बालेर गरेका थिए ।

कार्यक्रममा संस्थाको मुखपत्र ‘आशिमाला’को तेस्रो अंक विमोचन गरिएको थियो । आशिमालाको प्रधानसम्पादक सुमनकुमार गुरुङ छन् ।

कार्यक्रमको शुरुवातमा पच्यू चिबा जित गुरुङले आर्शिवचन प्रदान गरेका थिए । कार्यक्रममा उत्कृष्ट पोशाक लगाउनेहरुमा पुरुष रुद्रबहादुर घोताने गुरुङ, महिलातर्फ मीनाकुमारी गुरुङलाई मायाको चिनो प्रदान गरिएको थियो । भेषभूषातर्फ निर्णायकहरुमा हरिगोबिन्द गुरुङ र कमला गुरुङ रहेका थिए ।

कार्यक्रममा संस्थाको नयाँ कार्यसमितिलाई कार्यभार हस्तान्तरण गरिएको थियो । तत्पश्चात आमा समूहकी संयोजक तथा निवर्तमान कमला गुरुङ उपाध्यक्षले नयाँ समितिलाई शुभकामना दिइन् भने नवनिर्वाचित पार्वती गुरुङले प्रतिवद्धता मन्तब्य दिएकी थिइन् । यस्तै नवनिर्वाचित अध्यक्ष हीराप्रसाद गुरुङ ज्येष्ठ सदस्य र युवाहरुलाई प्राथमिकताका राखी काम गर्ने बताए ।

कार्यक्रममा नयाँ तमुधिँ युकेको नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरिएको थियो । यसैगरी काउन्सिलर लक्ष्यबहादुर गुरुङलाई पनि सम्मान गरिएको थियो । यसैगरी, तमुधिँ युकेका अध्यक्ष ज्ञाम गुरुङकी आमा तथा साउथ इष्ट क्षेत्रमा दिवंगत हुनभएका तमुहरुको सम्झनामा मौनधारण पनि कार्यक्रममा गरिएको थियो ।

कार्यक्रममा तमुधिँ युकेका नवनिर्वाचित नन्दजंग गुरुङले साउथ इष्ट क्षेत्रीय तमुधिँसित अझ निकट सम्बन्ध बनाएर जाने प्रतिवद्धता व्यक्त गरे ।

अध्यक्ष श्रीचन्द्र गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा एनआरएनए युके उपाध्यक्षहरु पुनम गुरुङ र ललित न्यौपाने, बेक्सली काउन्सिलका काउन्सिलर नाइजल बेड्स, आर्म्ड फोर्सेस च्यारिटी साफाका क्षेत्रीय सचिव ग्यारी आर्मस्ट्रोङ, टेरेसा ओनेल, बुद्ध फाउण्डेसन युकेका अध्यक्ष दीपक श्रेष्ठ, चार्टर्ड एकाउण्टेण्ट एलएन पाण्डे, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगर, झापाली समाज युकेका अध्यक्ष अर्कराज तिम्सिना, मगर संघ प्लमस्टिडका सचिव चेत राना, रोयल ग्रीनीच नेपलिज एसोसिएसनका अध्यक्ष हरिगोविन्द गुरुङ, दक्षिण पूर्वी क्षेत्रीय तमुधिँका संस्थापक अध्यक्ष चन्द्रमान गुरुङ, प्रमुख सल्लाहकार क्याप्टेन रिटायर्ड नारायणबहादुर गुरुङ एमभीओ, पूर्व प्रमुख सल्लाहकार मोहन गुरुङ, थकाली समाज साउथ इष्टका अध्यक्ष अंकित गौचन लगायत अतिथि रहेका थिए ।

यसैगरी, बार्नेट काउन्सिलका काउन्सिलर लक्ष्यबहादुर गुरुङ, तमुधिँ युकेका नवनिर्वाचित अध्यक्ष नन्दजंग गुरुङ, पूर्व अध्यक्ष रामचन्द्र गुरुङ सुर्जे, उपाध्यक्षहरु हितकाजी गुरुङ, जुमकाजी गुरुङ, कोषाध्यक्ष दीपक गुरुङ लगायत कार्यक्रमका विशेष अतिथि थिए ।

कार्यक्रममा नेपालबाट आएकी गायिका अमृता लिम्बु लगायतका कलाकारहरुले मनोरञ्जन प्रदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री