अल असाद एर बेस, इराक १२ पुस – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकको आकस्मिक भ्रमण गर्नुभएको छ । उहाँ अमेरिकी राष्ट्रपति निर्वाचित भएपछिको यो पहिलो पटक इराक पुग्नुभएको हो ।
उहाँको यो भ्रमण पूर्व घोषित नभई अकस्मात भएको बताइएको छ । राष्ट्रपति ट्रम्पले इराकको भ्रमण गरेर त्यहाँबाट जर्मनी प्रस्थान गरेको केही घन्टापछि मात्र उहाँको भ्रमणको बारेमा जानकारी गराइएको थियो ।
इस्लामिक स्टेट परास्त भैनसकेको र सिरियामा जारी गृहयुद्ध पनि समाप्त नभएको अवस्थामा सिरियामा तैनाथ करिब दुई हजार अमेरिकी सेना फिर्ता गर्ने र विश्वव्यापी रुपमा अमेरिकी सुरक्षा अधिकारीको भूमिकालाई अन्त्य गर्ने ट्रम्पले घोषणालाइ गर्नु भएको थियो ।
यस्तो अवस्थामा अमेरिकी राष्ट्रपति ट्रम्पले गर्नुभएको इराक भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ । राष्ट्रपति ट्रम्प र अमेरिकी प्रथम महिला मेलानिया स्थानीय समयाअनुसार बुधबार बेलुका ७.१६ मा पश्चिम इराकमा रहेको अल असाद एयर बेसमा पुग्नु भएको थियो ।
राष्ट्रपति ट्रम्पले इराक छोड्नु केही घण्टा अगाडि करिब एक सय जना अमेरिकी विशेष सैन्य कमाण्डर र अरु केही अधिकारीहरुसँग सामुहिक वार्ता गर्नुभएको थियो ।
यसरी विभिन्न समूहमा छुट्टाछुट्टै रुपमा गरिएको वार्ताको क्रममा हाल इराकमा रहेका अमेरिकी सैनिकको अवस्थाका साथै इराकको सुरक्षा अवस्थाका बारेमा कुराकानी भएको बताइएको छ ।
यसअघि नै इराकका प्रधानमन्त्री अदेल अब्देलसँग ट्रम्पको औपचारिक भेटवार्ता हुने कुरा थियो । तर पछि भने उहाँहरुबीच भेट नभई फोनवार्ता मात्र भएको बताइएको छ ।
इराकी प्रधानमन्त्रीको कार्यालयद्धारा जारी विज्ञप्तिका अनुसार सो वार्ताका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले इराकी प्रधानमन्त्रीलाई अमेरिका भ्रमणको निमन्त्रणा दिनुभएको थियो ।
त्यस फोनवार्ताका क्रममा अमेरिकी सेना फर्काउने विषयमा उहाँहरुबीच कुराकानी भए नभएको बारेमा भने केही बताइको छैन ।
इराकको उक्त अमेरिकी सैन्य बेस क्यापमा हसिलो मुहार लगाएर अमेरिकी राष्ट्रपतिको स्वागतार्थ बसेका अमेरिकी सुरक्षा अधिकारीहरुसँग राष्ट्रपति ट्रम्पले हात मिलाएका थिए । साथै उहाँले सैन्य अधिकारीहरलाई अटोग्राफ पनि दिनुभएको थियो ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले यससम्बन्धी भिडियो पनि सार्वजनिक गरेको छ । राष्ट्रपति ट्रम्प इराकको उक्त भ्रमण सकेर जर्मनी पुग्नुभएको अर्को एक समाचारमा जनाइएको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’