जाकार्ता, इन्डोनेशिया, ९ पुस – इन्डोनेशियामा शनिबार भएको ज्वालामूखी विष्फोटपछि आएको सुनामीका कारण मृत्यु हुनेको सङ्ख्या सोमबार ३७३ पुगेको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले जनाएको छ ।
सुनामीका कारण दक्षिणी सुमात्रा तथा पश्चिमी जाभा क्षेत्रमा परेर हराउने सङ्ख्या १२८ रेकर्ड गरिएको उक्त संस्थाले बताएको छ ।
शनिबार राति एकाबिहानै इन्डोनेसियामा ज्वालामुखी विस्फोट भएको र त्यसलगत्तै सुनामी आएको हो ।
सोही कारण पनि हराइरहेका व्यक्तिको सङ्ख्या अझै यकिन हुन सकिरहेको छैन । सुनामीका कारण मृत्यु भएका तथा घाइतेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
शक्तिशाली सुनामीका कारण ठूलो क्षति भएको अधिकारीले जनाएका छन् । समुद्री तट नजीकको वस्तीको वरपरका सयौँ घर भत्किएका छन् । ती क्षेत्रमा रहेका अन्य भौतिक संरचना पनि ढलेका छन् ।
यसबाट सबैभन्दा धेरै पाडेलाङ, दक्षिण लाम्पुङ र सेराङ नामका क्षेत्रमा अन्यत्रभन्दा बढी क्षति पुगेको सरकारी अधिकारीले बताएका छन् । भौगर्भिक अधिकारीले पहिला ज्वालामुखी विस्फोट भएको र त्यसका कारण समुद्रमुनिको जमिनमा पहिरो गएकोले सुनामी आएको हुनसक्ने अनुमान गरेका छन् ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी