लन्डन । सहारा यूकेमा नयां नेतृत्व चयन भएको छ । शनिबार अल्डरसटको भेटघाट रेष्टुरेन्टमा सम्पन्न वार्षिक साधारणसभाले कुमार गुरुङको अध्यक्षतामा २०१९-२०२० का लागि नयां कार्यसमिति चुनेको हो ।
नयां कार्यसमितिमा एफसी चियरमेन कृष्ण गुरुङ, एफसी सिइयो मनोज गुरुङ, उपाध्यक्ष ले. कुसान गुरुङ, महासचिव धनु थकाली, सचिव बाचस्पति रेग्मी, कोषाध्यक्ष शारदा गुरुङ, सहकोषाध्यक्ष प्रकाश गुरुङ, र सदस्यमा मिलन तमु चयन भएका छन् । पूर्ण कार्यसमितिका लागि बांकी सदस्य पछि चयन गरिने बताइएको छ ।
अध्यक्ष मीनबहादुर गुरुङ साईंलाको अध्यक्षतामा सम्पन्न साधारणसभामा कोषाध्यक्ष नारायण गुरुङले दुई वर्षको आयव्यय र महासचिव कृष्ण गुरुङले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उपाध्यक्ष कुमार गुरुङले हालै अल्डरसटमा सम्पन्न संस्थाको दशौं वार्षिकोत्सव प्रतिवेदन पेश गरे ।
उक्त साधारणसभामा अध्यक्ष मीनबहादुर गुरुङले आफ्नो दुई वर्षे कार्यकालमा भए गरेका गतिविधिबारे प्रकाश पारे । उनले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार समेत व्यक्त गरे ।
गुरुङले सहारा पोखरा एकेडेमीको अक्षय कोषका लागि संस्थाले ३५ लाख रुपैयां प्रदान गरेको जानकारी दिए । सिन्धुपाल्चोकको श्री हाइबुङ महादेवस्थान उच्च माध्यमिक विद्यालय र कास्की सिदिङको श्री सरस्वती प्राथमिक विद्यालय पुनर्निर्माण एवं तारबार तथा फर्निचर प्रदान गरिएको र विभिन्न क्रममा ३० हजार पाउण्डको कोष संकलन गरिएको पनि अध्यक्षले जानकारी दिए । यस अलवा सप्तरीका बाढी पीडितलाई शौचालय बनाउन सहयोग गरिएको, यसै वर्षको गोर्खा कपमा सहारा यूकेले इंगलिस एफए कप प्रदर्शन गर्न सफल भएको, एनआरएनए यूकेको सहकार्यमा बेलायतमा मैत्रीपूर्ण खेलकुद आयोजना गरिएको, हयाम्पसायर फुटबल एसोसिएसनको सहकार्य र इंगलिस फुटबल एसोसिएसनको सहयोगमा फुटबल रेफ्री कोर्स गरिएको पनि गुरुङको प्रतिवेदनमा छ । सहारा यूके, अल्डरसट एफसी र एन्फाको त्रिपक्षीय बैठक गरि नेपाल र बेलायती टिमबीच यूकेमा मैत्रीपूर्ण खेल खेलाउनेबारे समेत सकारात्मक रुपमा कुरा बढेको उनले जनाए ।
सहारा यूकेले आफ्नो इतिहासमा पहिलोपटक हयाम्पसायर एफए इक्वालिटी च्याम्पियन अवार्ड जित्न समेत सफल भएको जानकारी दिइयो । सिन्धुपाल्चोकमा विद्यालय पुनर्निर्माणमा सहयोग जुटाउन ११ ए साइड एभरेष्ट कप आयोजना गरिएको, १५ औं र १६ औं आहा रारा गोल्ड कपमा सहभागिता, नेपालको फुटबल विकासका लागि गत वर्ष २२, सेप्टेम्बर २०१७ मा बर्नमाउथ एफसी र हयाम्पसायर फुटबल एसोसिएसनसंग सहारा यूकेको एफिलिएसन, पहिलो सहारा क्याम्पिङ आदि गतिविधिबारे पनि अध्यक्षले प्रकाश पारेका थिए ।
तस्विर- मिलन तमु
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित