एडेन, यमन, ७ पुस – यमनी युद्धविरामको अनुगमनका लागि खटाइएको संयुक्त राष्ट्रसंघीय प्रतिनिधिमण्डल शनिबार यमनको युद्धविराम क्षेत्र होडेडा आइपुगेको राष्ट्रसंघलाई उद्धृत गरी एएफपी सम्वाददाताले जनाएका छन् ।
होडेडाका लागि भएको युद्धबिराम सम्झौताको सबै पक्षले पूर्ण कार्यान्वयन गर्नेमा राष्ट्रसङ्घ, सुरक्षा परिषद्ले विश्वास व्यक्त गरेको छ । राष्ट्रसङ्घको प्रस्तावमा युद्धबिरामको अनुगमन शुरु गर्न नेदरल्यान्डका अवकाशप्राप्त वरिष्ठ सैनिक अधिकृत जनरल प्याट्रिक क्यामार्टको नेतृत्वमा एक टोली पठाएको छ ।
साउदी अरेबियाले राष्ट्रसङ्घको प्रस्तावको स्वागत गरेको छ । युद्धबिरामले हुथी विद्रोहीले युद्धको तयारीका लागि स्रोतसाधन जुटाउने सम्भावना घटाएको साउदी सरकारका लागि राष्ट्रसङ्घमा उप–स्थायी प्रतिनिधि खालिद मन्जलावीले बताउनुभयो । उहाँले कुवेत र साउदी अरबका सहयोगी राष्ट्रको निरन्तरको प्रयास सफल भएको पनि बताउनुभयो ।
राष्ट्रसङ्घ प्रतिनिधि क्यामर्टको समूहले एडेनमा विश्व समुदायबाट मान्यताप्राप्त सरकारका नेताहरूलाई भेटी आइतबार विद्रोही नियन्त्रित राजधानी साना हुँदै युद्धविराम क्षेत्रमा पुग्नेछ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?