कोलम्बो, ५ पुस – श्रीलङ्काका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले बिहीबार तीस जनालाई मन्त्रीको रूपमा नियुक्त गर्नु भएको छ ।
प्रधानमन्त्री रनिल विक्रमासिङ्घेसँगको सात हप्ता लामो संघर्षपछि राष्ट्रपति सिरिसेनाले मन्त्रीहरू नियुक्त गर्नुभएको हो ।
सर्वोच्च अदालतले संसद विघटन गर्न नमिल्ने अन्तिम फैसला सुनाएपछि उहाँले आफैले अपदस्त गरेका विक्रमासिंघेलाई गत आईतबार प्रधानमन्त्रीमा पुनः नियुक्त गर्नुभएको थियो ।
“संचार माध्यम र प्रहरीलाई साथमा राखेर नियुक्त गर्न चाहेकाले उहाँले मन्त्रीहरू नियुक्त गर्न ढिला भएको हो,” सरकारका प्रवक्ता रजिथा सेनारत्नेले भन्नुभयो ।
नयाँ मन्त्रीपरिषद्को कानुन मन्त्रीमा भने कसैलाई नियुक्त नगरिएको उहाँले जानकारी दिनुभयो ।
विक्रमासिङ्घेको पहिलेको सरकारका अर्थ र परराष्ट्रमन्त्रीलाई भने अहिले परिवर्तन नगरिने भएको छ । अर्थमन्त्रीमा मङ्गला सामाराविरा र विदेशमन्त्रीमा तिलक मारापानालाई जिम्मेवारी दिइएको छ ।
राष्ट्रपति सिरिसेनाले गत अक्टोबर २६ तारिखका दिन तत्कालिन प्रधानमन्त्री विक्रमासिङ्घेलाई अपदस्त गरेर पुर्व राष्ट्रपति महेन्दा राजापाक्षेलाई नियुक्त गर्नुभएको थियो ।
तर संसद र सर्वोच्च अदालतले उहाँको यो कदम गलत र अवैधानिक भएको भन्दै मान्यता नदिएपछि उहाँले पुरानै अवस्थामा फर्किनु परेको हो ।
आफैले हटाएको प्रधानमन्त्रीलाई फेरि नियुक्त गर्नुपरेपछि राष्ट्रपति सिरिसेनालाई काम गर्न गाह्रो हुने ठानिएको छ ।
प्रधानमन्त्री विक्रमासिङ्घेले नयाँ बर्ष सन् २०१९का लागि बार्षिक बजेट बनाउने विषय आफ्नो अहिलेको प्रमुख प्राथमिकता रहेको बताउनुभएको छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]