बेइजिङ,चीन, ३ पुस – यूरोपेली यूनियन (इयू) बाट बेलायतको बहिर्गमन हुने बिषयले बेलायती भूगोलमा पक्ष विपक्षमा चर्चा चलिरहेका समय पनि चीनमा रहेका बेलायती कम्पनीहरू भने ब्रेक्जिटको निर्णयले आफ्नो एसियाली विशाल अर्थतन्त्रसँगको कारोबारमा कुनै फरक नपार्ने देखिएको मङ्गलबार सार्वजनिक एक सर्वेक्षण प्रतिवेदनले देखाएको छ ।
“सर्वेक्षणमा चीनमा कार्यरत रहेका बेलायतका झण्डै आधा (४७ प्रतिशत) कम्पनीले यदि लण्डन र चीनबीच स्वतन्त्र व्यापार सम्झौता गर्ने हो भने यसबाट सकारात्मक प्रभाव आउने देखिन्छ”-‘ब्रिटिस चेम्बर अफ कमर्स चीनले उल्लेख गरेको छ ।
तर आठ प्रतिशतभन्दा कम कम्पनीले भने विपरित प्रतिक्रिया दिएका थिए ।
सर्वेक्षणमा सहभागीमध्ये झण्डै २७.६ प्रतिशत बेलायती कम्पनीले ब्रेक्जिटका कारण बेलायतमा निरन्तर अनिश्चितताको अवस्था रहेको र यसका कारण उनीहरूको चीनको कारोबारमा नकारात्मक प्रभाब पर्ने बताए भने ६१.१ प्रतिशतले यसको कुनै असर नपर्ने बताए ।
सर्वेक्षणको परिणामले समग्रमा चीनमा रहेका बेलायती कम्पनी ब्रेक्जिटपछिको वातावरणप्रति उच्च रूपमा आशावादी रहेका देखाएको छ । यद्यपि ब्रेक्जिटपछिको भूराजनीतिक प्रभाबले विश्वकै अर्थतन्त्रमा अनिश्चतता ल्याउने चर्चा चलिरहेका समय चीनमा गरिएको सर्वेक्षणले ब्रेक्जिट पछिको सकारात्मक वातावरणलाई सङ्केत गरेको छ । अमेरिका–चीनबीचको व्यापार युद्ध र चीनियाँ अर्थतन्त्र वृद्धिमा कमी देखिएका समय उक्त अध्ययन भएको छ ।
झण्डै दुई तिहाई सहभागीले ब्रेक्जिटपछिका आगामी दुई बर्ष आफ्ना उद्योगहरूको व्यवसायिक परिणामहरूबारे आशावादी रहेको जनाए । त्यसैगरी सोही सङ्ख्यामा व्यवसायीले आफूहरूले आगामी एक बर्ष चीनमा लगानी बढाउने सोच राखेको बताएका छन् ।
अझैपनि चीनको व्यवसायिक वातावरण बेलायती कम्पनीहरूका लागि चासोको बिषय भएको छ । झण्डै एक तिहाइले विगतका बर्षमाभन्दा कारोबारमा कमी आएको बताए । त्यसैगरी १९ प्रतिशत सर्वेक्षणमा सहभागी कम्पनीका अधिकारीले कारोबारमा सुधार आएको बताए ।
चीनमा विदेशी कम्पनीले सामना गर्नुपर्ने केही ठूला समस्याहरू के छन् भन्ने प्रश्नमा बेलायती व्यवसायीले इन्टरनेटमा पहुँच तथा ठूला तथ्याङ्कमा एकाधिकारलगायतका बौद्धिक सम्पत्तीको अधिकार सुरक्षा, साइबर सुरक्षा र सूचना प्रविधिमा प्रतिबन्धलाई उल्लेख गरे ।
“हामीले नीति निर्माताहरूलाई यि समस्या समाधान गरी बेलायती कम्पनीलाई बजारमा निष्पक्ष व्यवहार लागि आग्रह गरेका छौँ,” बेलायती चेम्वर अफ कमर्सका अध्यक्ष निकोलस होल्टले एक प्रेस विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ ।
यसैगरी चीनले मङ्गलबार नै यूरोपेली यूनियनलाई लक्षित गरी जारी गरेको एक नीति पत्रमा भनिएको छ, “चीनले ब्रेक्जिट प्रक्रिया तर्कसम्मतरूपमा अघि बढ्ने विश्वास गर्दै चीन–इयू र चीन–बेलायत सम्बन्ध समानान्तर रूपमा अघि बढाउन तयार रहेको छ ।”
साउथ ईष्ट लन्डनमा ‘मिलारेपा’ मञ्चन हुँदै, निर्देशक बुद्धि तामाङ उपस्थित हुने
अमेरिकासँग तत्काल वार्ताको सम्भावना नभएको इरानी कुटनीतिज्ञको भनाइ
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास
यी हुन् नेकपा र राप्रपाबाट छानिएका समानुपातिक सांसद [सूची]
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो