दोहा, कतार, २ पुस – खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।
दोहामा भएको दुई दिन लामो दोहा फोरम–२०१८ मा बोल्दै उर्जा राज्यमन्त्री तथा ‘कतार पेट्रोलियम’ का कार्यकारी प्रमुख साद अल–कावीले सम्मेलनलाई सम्बोधन गर्दै कतारले अमेरिकी तेल, ग्यास तथा परम्परागतभन्दा फरक किसिमका क्षेत्रमा लगानी गर्न खोजिरहेको बताउनुभयो ।
‘कतारले आगामी पाँच बर्षमा संयुक्त राज्य अमेरिकाको उत्तरी क्षेत्रमा २० अर्ब डलर लगानी गर्नेछ’- उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यो योजनामार्फत् कतारको मुख्य लक्ष्य अर्बौं डलरको गोल्डेन पास एलएनजीको अन्तिम स्टेसन टेक्सासमा लगानी गरी पूरानो कार्यक्रमलाई पुनः सञ्चालनमा ल्याउने रहेको छ ।”
कतार पेट्रोलियमले एक्जेम मोविल र कोनोको फिलिप्ससँग मिलेर उक्त योजनामा ७० प्रतिशत लगानी गर्नेछ भने बाँकी ३० प्रतिशत यि दुई फर्मको रहनेछ ।
कतारले आगामी पाँच बर्षमा आफ्नो ग्यास उत्पादन क्षमतामा बार्षिक एक करोड ६० लाख टन वृद्धि गर्ने र सन् २०२३ सम्ममा उत्पादनलाई बार्षिक एक अर्ब १० करोड टन पुरयाउने लक्ष्य लिएको छ ।
कतारले यसै महिनादेखि साउदी अरबको प्रभाब रहेको तेल निर्यातकर्ता मुलुकहरूको संगठन (ओपेक) बाट अलग्गिने घोषणा गरेको थियो । काबीले उक्त निर्णय कुनै राजनीतिक उद्देश्यबाट अभिप्रेरित भएर नगरिएको बताउनुभयो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?