बेइजिङ, चीन, २७ मङ्सिर – चीन–अमेरिकाबीच केही समययता संरक्षणवादी व्यापार नीतिले विश्व बजारमा प्रभाव परिरहेका समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिन पिङबीच अर्जेन्टिनामा भएको वार्ता र यसपछिका निरन्तरका प्रयासको प्रभाव सकारात्मक देखिएको छ ।
यसै शिलशिलामा चीनले व्यापार वार्ताका लागि अमेरिकी टोलीलाई स्वागत गर्ने र समस्याको समाधान निकाल्न तयार रहेको बिहीबार जनाएको छ ।
विश्वका दुई विशाल अर्थतन्त्रबीच व्यापार, साइबर आक्रमण र चिनियाँ टेलिकम हुवावेकी आर्थिक मामिला प्रमुख मेङ वाङझाओको क्यानडामा भएको पक्राउ र अमेरिकालाई सुपुर्दगी गर्ने बिषयले दुई देशको सम्बन्धमा समस्या देखिएको छ । यद्यपि मेङलाई क्यानडाबाटै धरौटीमा रिहाई गरिएको छ ।
“हाल दुबै देशका सरकारहरू निकट सम्पर्कमा रहेका छन् । चीनले अमेरिकालाई समस्या समाधानार्थ वार्ताका लागि चीनमा स्वागत गर्न वा अमेरिका जान खुला धारणा राख्न तयार छ,” बाणिज्य मन्त्रालयका प्रवक्ता गाओ फेङले पत्रकारसँगको नियमित भेटमा बताउनुभयो ।
अमेरिकी राष्ट्रपति ट्रम्प र सीबीच गत डिसेम्बरमा ९०–दिन व्यापार युद्धलाई रोक्ने र विवादलाई साम्य पार्ने पहल थाल्ने सहमति भएको थियो । तर उनीहरूबीच सहमतिका बुँदाबारे फरक फरक धारणाहरू आएका छन् ।
वासिङ्टनका अनुसार चीनले अमेरिका पठाउने कारहरूमा कर कटौति गर्न र सोयविन तथा भटमास र अन्य अमेरिकी उत्पादनलाई ठूलो मात्रामा खरिद गर्न तयार रहेको बताउँदै आएको छ ।
गाओले बिहीबार दुई पक्षबीच सहमति भएको बताए पनि सहमति के के बिषयमा भएको हो भन्नेबारे बिस्तृतमा भने बताउन चाहनुभएन ।
गाओले भन्नुभयो, “चिनियाँ र अमेरिकी समूहहरू वार्ताका लागि निकटमा रहेर निरन्तर वार्ता गरिरहेका र विवादका बिषयमा सहज वातावरण बनिरहेको छ ।”
सुरक्षा बिषयमा देखिएका बढ्दा समस्याले व्यापार वार्तालाई प्रभावित पार्ने देखिएको छैन ।
क्यानडाले हुवावेकी अधिकारी मेङलाई पक्राउ गरेको वदलामा चीनले दुई क्यानेडाली नागरिकलाई सोमबार चीनबाट पक्राउ गरेको राजनीतिक विश्लेषकहरूको अनुमान रहेको छ । यद्यपि यसबारे चीनको भनाइ आइसकेको छैन ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बुधबार म्यरिअट होटेलबाट चीनले व्यापक अमेरिकी तथ्याङ्कहरू ‘ह्याक’ गरेको आरोप लगाउनुभएको थियो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?