
नेपाल प्रहरी विद्यालय साँगाको आयोजनामा सञ्चालित २६औँ प्रहरी महानिरीक्षक (आईजिपी) अन्तर विद्यालय फुटवल रनिङ ट्रफी प्रतियोगिताको उपाधि विजेता भक्तपुरस्थित सैनिक आवासीय विद्यालयका विद्यार्थी बिहीबार खुसी मनाउँदै । तस्वीर – राजकुमार पराजुली, काभ्रेपलाञ्चोक, रासस
काभ्रेपलाञ्चोक, २७ मङ्सिर (रासस) – नेपाल प्रहरी विद्यालय साँगाको आयोजनामा सञ्चालित २६औँ प्रहरी महानिरीक्षक (आइजिपी) अन्तर विद्यालय फुटबल रनिङ ट्रफी प्रतियोगिताको उपाधि भक्तपुरस्थित सैनिक आवासीय विद्यालयले जितेको छ ।
बनेपा नगरपालिका–१३ स्थित नेपाल प्रहरी विद्यालय साँगाको खेल मैदानमा सम्पन्न प्रतियोगिताको विजेता सैनिक विद्यालय तथा उत्कृष्ट विद्यार्थीलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले रनिङ ट्रफी तथा पुरस्कार प्रदान गर्नुभयो । आज भएको अन्तिम खेलमा सैनिक विद्यालयले आयोजक नेपाल प्रहरी विद्यालय साँगालाई ४–२ गोलले पराजित गरेको हो ।
विजेता सैनिक विद्यालयका सन्दिप गुरुङले खेलको २० मिनेटमा, विशाल आलेमगरले २६ मिनेटमा र ७२ मनेटमा तथा उत्तम शाहीले ५७ मिनेटमा गोल गरेका थिए भने प्रहरी विद्यालयका पुजन रानामगरले खेलको ३१ मिनेट र शेखर आलेमगरले ६७ मिनेटमा एक-एक गोल गरेका थिए ।
प्रतियोगितामा सैनिक विद्यालयका उत्तम शाहीलाई म्यान अफ दि म्याच, रोहित रानामगरलाई बेष्ट गोलकिपर र विशाल आलेमगरलाई हाई स्कोर तथा प्रहरी विद्यालयका निर्जल खरेललाई इमर्जिङ स्कोर र शेखर रानामगरलाई म्यान अफ दि सिरिज घोषणा गरिएको थियो । नकआउटका आधारमा सञ्चालित प्रतियोगितामा काभ्रेपलाञ्चोक तथा काठमाडौँ उपत्यकाका १२ विद्यालयको सहभागिता थियो ।
प्रतियोगितामा प्रथमलाई रु ३० हजार, द्वितीयलाई रु २० हजार र तृतियलाई रु १० हजार नगद प्रदान गरिएको थियो ।
सो अवसरमा प्रहरी महानिरीक्षक खनालले विद्यार्थीले अनुशासनमा रही उत्कृष्ट खेल प्रदर्शन गरेकामा खुशी व्यक्त गर्दै “अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि अनुशासित तवरले लाग्नुहोस्, तपाईहरुको भविष्य उज्जवल छ, भन्नुभयो ।”
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनमा करिब ६० प्रतिशत मत खस्योः आयोग