लन्डन । बेलायती प्रधानमन्त्री थेरेसा मे आफ्नो पार्टीको संसदीय दलमा विश्वासको मत जित्न सफल भएकी छिन् ।
बुधबार साँझ सत्तारुढ कञ्जरभेटिभ पार्टीको संसदीय दलमा भएको मतदानमा मेले २०० सांसदको मत पाइन् भने विपक्षमा ११७ मत परेको थियो ।
मत परिणाम घोषणा गर्दै सत्तारुढ कञ्जरभेटिभ पार्टीको ब्याकवेञ्चर समूह १९२२ कमिटीका अध्यक्ष सर ग्राहम ब्राडीले प्रधानमन्त्री मेप्रति पार्टीका सांसदहरुको विश्वास रहेको घोषणा गरे ।
युरोपियन युनियनबाट बेलायतलाई बाहिर लैजाने सम्बन्धमा प्रधानमन्त्री मेले प्रस्तुत गरेको प्रस्तावप्रति सत्तारुढ दलका सांसदहरुमा असन्तुष्टि बढेपछि प्रधानमन्त्री मेले विश्वासको मत लिनु परेको हो । बुधबारको परिणामपछि आगामी एक वर्षसम्म मेले विश्वासको मत लिनुपर्ने छैन् ।
सांसदहरुको विश्वास जित्न मेले बुधबार दिउँसो आगामी निर्वाचनमा आफू नउठ्ने घोषणा गरेकी थिइन् ।
पार्टीभित्र विश्वासको मत जिते पनि उनले अघि सारेको युरोपियन युनियनबाट बेलायत बाहिरिने प्रस्ताव (ब्रेक्जिट डिल) बारे भने बेलायती संसदमा मतदान हुन बाँकी नै छ । मंगलबारका लागि संसदमा मतदानको कार्यक्रम राखिए पनि अन्तिम समयमा सो स्थगित गरिएको थियो ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार