लन्डन । बेलायती प्रधानमन्त्री थेरेसा मे आफ्नो पार्टीको संसदीय दलमा विश्वासको मत जित्न सफल भएकी छिन् ।
बुधबार साँझ सत्तारुढ कञ्जरभेटिभ पार्टीको संसदीय दलमा भएको मतदानमा मेले २०० सांसदको मत पाइन् भने विपक्षमा ११७ मत परेको थियो ।
मत परिणाम घोषणा गर्दै सत्तारुढ कञ्जरभेटिभ पार्टीको ब्याकवेञ्चर समूह १९२२ कमिटीका अध्यक्ष सर ग्राहम ब्राडीले प्रधानमन्त्री मेप्रति पार्टीका सांसदहरुको विश्वास रहेको घोषणा गरे ।
युरोपियन युनियनबाट बेलायतलाई बाहिर लैजाने सम्बन्धमा प्रधानमन्त्री मेले प्रस्तुत गरेको प्रस्तावप्रति सत्तारुढ दलका सांसदहरुमा असन्तुष्टि बढेपछि प्रधानमन्त्री मेले विश्वासको मत लिनु परेको हो । बुधबारको परिणामपछि आगामी एक वर्षसम्म मेले विश्वासको मत लिनुपर्ने छैन् ।
सांसदहरुको विश्वास जित्न मेले बुधबार दिउँसो आगामी निर्वाचनमा आफू नउठ्ने घोषणा गरेकी थिइन् ।
पार्टीभित्र विश्वासको मत जिते पनि उनले अघि सारेको युरोपियन युनियनबाट बेलायत बाहिरिने प्रस्ताव (ब्रेक्जिट डिल) बारे भने बेलायती संसदमा मतदान हुन बाँकी नै छ । मंगलबारका लागि संसदमा मतदानको कार्यक्रम राखिए पनि अन्तिम समयमा सो स्थगित गरिएको थियो ।
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता