पेरिस, २६ मङ्सिर (रासस-एएफपी) – फ्रान्सको एक शहरमा क्रिसमस बजारलाई लक्ष्यगरी मङ्गलबार भएको आतङ्ककारी आक्रमणलाई सन् २०१५ पछिको सबैभन्दा ठूलो आक्रमणको रुपमा लिइएको छ ।
मङ्गलबार राति फ्रान्समा एक क्रिसमस बजारमा बन्दुकधारीले गोली चलाउँदा चार व्यक्तिको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएका छन् ।
क्रिसमस बजारमा मङ्गलबार स्थानीय समयानुसार राति ८ बजे एक बन्दुकधारीले गोली चलाएका थिए । एएफपी समाचार समितिका अनुसार ती बन्दुकधारीले बजारमा सामान खरिद गरिरहेका ग्राहकतर्फ लक्षित गर्दै गोली चलाएका थिए ।
आक्रमणमा परी घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताएको छ । बन्दुकधारीको परिचय खुलेको र उनी पहिलेदेखि उच्च निगरानीमा रहेका चरमपन्थी समूहका व्यक्ति भएको बताइएको छ ।
क्रिमसमका लागि विशेष योजनासहित सञ्चालन गरिएको यस बजारमा एक बन्दुकधारीले जथाभावी रुपमा गोली प्रहार गरेपछि अहिले स्थानीय बासिन्दा त्रसित भएका छन् ।
सन् २०१५मा फ्रान्सभरी र चार्ली हब्डो गोलीकाण्डमा परी २४५ जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । त्यसपछि सन् २०१८ को मे १२ मा एक व्यक्तिले गरेको चक्कु प्रहारमा परी एक व्यक्तिको मृत्यु हुनुका साथै अन्य चार घाइते भएका थिए । यस आक्रमणकारी पनि प्रहरीको गोलीबाट मारिएका थिए ।
सन् २०१८ को मार्च ३ मा फ्रान्सको दक्षिणी शहरमा भएको एक बन्दुकधारीको आक्रमणमा प्रहरीका एक कर्णेलसहित चार व्यक्तिको मृत्यु भएको थियो ।
सन् २०१७ को अक्टोबर १ मा फ्रान्सको दक्षिणी प्रमुख शहर मसैलीको रेलवे स्टेशनमा २९ वर्षीया एक ट्युनिसियाली नागरिकले ठूलो आवाजमा ‘अल्लाह अक्बर’ कराउँदै दुई युवतीको गोली प्रहार गरी हत्या गरेका थिए । अहमत हनाची नामका यी बन्दुकधारी प्रहरी कारबाहीमा मारिएका थिए । उनले गरेको आक्रमणलाई इस्लामिक स्टेट्स (आईएस) लडाकू समूहले जिम्मा लिएका थिए ।
सन् २०१७ को २० अप्रिलमा ३९ वर्षीया एक अपराधीले फ्रान्सको राजधानी शहर पेरिसमा गरेको गोली प्रहारमा परी ड्युटीमा रहेका एक प्रहरीको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन् ।
सन् २०१७ को जुलाई २६ मा दुई युवकले एक ८५ वर्षीया पूजारीलाई घाँटी रेटेर हत्या गरेका थिए । यसरी हेर्दा यसबीचका घटनामध्ये अहिलेको घटना सबै भन्दा डरलाग्दो र ठूलो भएको अधिकारीहरुको भनाइ छ ।
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव [अन्तर्वार्ता]
सहाराले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि
हिटलरको घर अब प्रहरी चौकी
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने