
लन्डन । बेलायतका लागि पर्यटन
सद्भावना दूत बन्न यतिखेर करिब आधा दर्जन व्यक्ति निकै दौडधुपमा लागेका छन् । पर्यटन क्षेत्रमा लामो समय बिताएका अनुभवी देखि केवल राजनीतिक प्रभावमा पद ओगट्न लालयितसम्म यो दौडमा सामेल भएका हुन् ।
नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षासहित ‘भिजिट नेपाल २०२०’ घोषणा गरेका बेला बेलायतबाट पर्यटन दूत बन्नेको विशेष ‘भ्यालु’ हुने भएर पनि धेरैको रोजाइ यतातिर गएको हुन सक्छ । तर, यो पर्यटन बोर्डबाट थोरै आर्थिक सहयोग प्राप्त भएपनि तलव सुविधा आउने नियुक्ति भने होइन ।
केही महिनाअघि अप्रत्यासित रुपमा व्यवसायी पशुपति भण्डारीले पर्यटन दूतबाट राजीनामा दिएपछि यहां त्यो पद अझै खाली छ र सो जिम्मेवारी सम्हाल्न बेलायत बस्ने आधा दर्जन व्यक्तिले लविङ सुरु गरेका हुन् । पर्यटन सद्भावना दूतको दौडमा प्रवासी नेपाली मञ्च बेलायतका पूर्व अध्यक्ष रामशरण सिम्खडा, ट्राभल कन्सोलका प्रवन्ध निर्देशक व्यवसायी बिराज भट्ट, सहारा यूकेका पूर्व अध्यक्ष तथा रेष्टुरेन्ट व्यवसायी नवीन गुरुङ, रेष्टुरेन्ट व्यवसायी यादव भण्डारीलगायत छन् । त्यसबाहेक भिजिट नेपाल २०२० सालमा नेप्लिज सेफबाट पनि सद्भावना दूत नियुक्त गर्नुपर्छ भन्ने लविङमा छन् मःम एण्ड रोटी नामक रेष्टुरेन्टका सञ्चालक मध्ये एक विनोद बराल ।
आकांक्षीहरुले लन्डनस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीदेखि पर्यटनमन्त्री रविन्द्र अधिकारी र नेपाल पर्यटन बोर्डका सिइयो दीपक जोशीसम्मको भनसुन लगाएको श्रोतको दावी छ ।
नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल गत महिना यती नेपाल एसोसिएसन यूकेको च्यारिटी कार्यक्रममा आउंदा सिम्खडा र भट्टले राम्रैसंग लविङ गरे । नवीन गुरुङ र भण्डारीले पनि सरकार निकट नेताहरुमार्फत आफ्नै लविङ सुरु गरेका छन् । गुरुङले त आफूलाई पर्यटन दूत बन्न तगारो हाल्नेलाई सामाजिक सञ्जालमार्फत खुबै तर्साए पनि । २० वर्षदेखि ट्राभल व्यवसायमा आवद्ध ट्राभल कन्सोलका बिराज भट्टले मिडियामार्फत संक्षेपमा आफ्नो भिजन प्रस्तुत गरेपनि अन्य आकांक्षीहरुले भने पर्यटन दूत बनेर के गर्छु केही बोलेका छैनन् ।
स्रोतका अनुसार पयर्टन बोर्डले सम्बन्धित देशका दूतावास मार्फत राजदूतले व्यक्तिको नाम सिफारिस गर्नुपर्ने कार्यविधि बनाएको छ । तर, लन्डन दूतावासले भने त्यसबारे आफूहरु अनभिज्ञ रहेको बताएको छ । ‘लविङ हामीसंग होइन्, बरु नेपालतिरै गरे फाइदा होला’, दूतावासका एक डिप्लोम्याट भन्छन्, ‘धेरै आकांक्षी भए र पर्यटन मन्त्रालय एवं पर्यटन बोर्डबाट अनुरोध आए हामीले यहां नामबारे सोच्न सकिएला तर अहिले के भइरहेको छ भन्न हामी अनभिज्ञ छौं ।’
केही समय अघि ‘भिजिट नेपाल २०२०’ लाई केन्द्रित गरि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी पनि एक उच्चस्तरीय समिति गठन गर्न सक्रिय भएका थिए । उक्त अभियानमा बेलायती पयर्टक भित्र्याउन राजदूत स्वयंको अध्यक्षतामा एक उच्चस्तरीय समिति गठन गर्ने तयारी थियो । तर, अन्तिम समयमा आएर पर्यटन मन्त्री रविन्द्र अधिकारीको बेलायत आउने भिजा रद्द हुंदा उक्त समिति बनाउने योजना केही समयका लागि तुहिएको छ ।
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार