
लन्डन । आगामी मार्च, २०२१ मा बेलायतमा हुन गइरहेको जनगणना फाराममा ‘अदर एसियन’ को सट्टा ‘नेपाली’
राखिनुपर्ने माग गर्दै यहांका नेपालीले प्रधानमन्त्री टेरेजा मेलाई एक ज्ञापनपत्र बुझाएका छन् । शुरुमा प्रधानमन्त्रीलाई नै भेट्ने हल्ला गरिएपनि मेले समय नदिएपछि प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटको ढोकामा बुधबार ज्ञापनपत्र दिइएको हो ।
प्रधानमन्त्री मे यतिबेला ब्रेक्जिट सम्झौता संसदबाट अनुमोदन गराउन संघर्ष गरिरहेकी छन् । ब्रेक्जिट अन्यौल र आफ्नै पद अनिश्चयको घेरामा रहेका बेला मेले नेपालीलाई समय दिने सम्भावना झिनो थियो ।
गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को नेतृत्वमा बेलायतका प्रमुख नेपाली संघसंस्थाका प्रतिनिधिले ज्ञापन बुझाएका हुन् ।
बेलायतको केन्द्रिय तथ्यांक विभागले आउंदो अटममा संसदमा पेश गर्न लागेको श्वेत पत्रमा जनगणना फाराममा चारवटा ‘इथ्नीक माइनोरिटी’ समुदायलाई सिफारिस गरिएपनि ‘नेपाली’ नराखिएको ज्ञापनमा गुनासो छ ।
गत २२ अगष्टमा अल्डरसटमा यूके सेन्सस नेशनल स्टयाटिसटिसियनका जोन पुलिन्जरलगायत ओएनएस पदाधिकारी तथा नेपाली समुदायबीच यसबारे गहन छलफल भएको थियो । उक्त छलफलमा सकारात्मक संकेत दिइएपनि अहिले नेपाली छुटाइएकोमा नेपाली समुदायको रोष छ ।
बेलायत र नेपालबीच दुई शताव्दी लामो सम्बन्धमात्र होइन, गोर्खाहरुको साहस र योगदान एवं बेलायतमा झण्डै दुई लाख नेपाली रहेको अवस्थामा फाराममा ‘नेपाली’ टिक लगाउन मिल्ने विकल्प राखिनुपर्ने नेपालीको जोडदार माग छ ।
ज्ञापन बुझाउन रसमोर क्षेत्रका सांसद लियो डोचेर्टी, रसमोर बरो काउन्सिल लिडर डेभिड क्लीफोर्ड, काउन्सिलर लक्ष्य गुरुङ, यूके नेपाल फ्रेण्डसीप सोसाइटीका अध्यक्ष अलान सान्का, एनआरएनए केन्द्रिय उपाध्यक्ष कुल आचार्य, एनआरएनए यूके अध्यक्ष योग कुमार फगामी, उपाध्यक्ष पुनम गुरुङ, पूर्व अध्यक्ष सूर्य गुरुङ, तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङ, सहारा यूके अध्यक्ष मिनबहादुर गुरुङ, ग्रेटर रसमोर नेपलिज कम्युनिटी अध्यक्ष जीव बेल्वासे लगायत बेलायतको विभिन्न शहरबाट आएका नेपाली सहभागी थिए । भित्र को को जाने भन्नेमा पनि हानथाप थियो । कतिपय एनआरएन अभियन्ता भित्र जान नपाएपछि आक्रोशित भएको त्यहां सहभागी एक जनाले बताए ।
जनगणना फाराममा नेपाली विकल्प राख्दा आफ्नो पहिचान स्थापित गर्न थप टेवा पुग्ने विश्वास नेपाली समुदायको छ ।
नेपाली समुदायकै पहलमा ग्रीनवीच बरो काउन्सिलले भने आफ्ना हरेक फाराममा ‘नेपाली’ समावेश गरिसकेको छ ।
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु