लन्डन । सत्य कथामा आधारित चलचित्र ’बबी’ युकेको विभिन्न भागमा प्रदर्शन गरेर नेपालको सहारा क्लबलाई ५० हजार रुपियाँ सहयोग प्रदान गरिएको छ ।
सहारा युकेको दशौं वर्षगांठको अवसरमा आयोजित च्यारिटी डिनर समारोहमा बबी फिल्म समूह युकेको तर्फबाट क्रिस गुरुङ, सबिन्द्र कुमार गुरुङ, सुर्य गुरुङ र शारदा गुरुङले सहारा युकेका अध्यक्ष मिन बहादुर गुरुङ (साइँला) लाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी, अल्डरसट क्षेत्रका सांसद लिओ डोचेर्टीसहित अन्य अतिथिहरुको उपस्थिति थियो। साथै सहारा युकेको तर्फबाट नेपाली राजदूत डा दुर्गा बहादुर सुवदीले बबी समूह युकेलाई प्रशंसा पत्र प्रदान गरेका थिए ।
’बबी’ फिल्मलाई नेपालमा दर्शकहरुले अधिक मन पराएका थिए । यस चलचित्रमा एक जोडीले अन्तरजातीय विवाह गर्दा समाजमा भोग्नुपरेको कथालाई समेटिएको छ । उमेश थापा र कविता गुरुङले आफ्नै जिन्दगीमा घटेको सत्य घटनालाई आफैं नायक नायिकाको रुपमा सो चलचित्रमा प्रस्तुत भएका छन् ।
सो चलचित्रलाई बेलायतमा बबी समूह युकेले गत २३ सेप्टेम्बरबाट विभिन्न शहरहरुमा प्रदर्शन गरेको थियो । सो प्रदर्शनबाट प्राप्त मुनाफामध्येबाट बबी समूह युकेले सहारा क्लब पोखरालाई सहयोग गर्ने निर्णय गरेको हो ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित