लन्डन । सत्य कथामा आधारित चलचित्र ’बबी’ युकेको विभिन्न भागमा प्रदर्शन गरेर नेपालको सहारा क्लबलाई ५० हजार रुपियाँ सहयोग प्रदान गरिएको छ ।
सहारा युकेको दशौं वर्षगांठको अवसरमा आयोजित च्यारिटी डिनर समारोहमा बबी फिल्म समूह युकेको तर्फबाट क्रिस गुरुङ, सबिन्द्र कुमार गुरुङ, सुर्य गुरुङ र शारदा गुरुङले सहारा युकेका अध्यक्ष मिन बहादुर गुरुङ (साइँला) लाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी, अल्डरसट क्षेत्रका सांसद लिओ डोचेर्टीसहित अन्य अतिथिहरुको उपस्थिति थियो। साथै सहारा युकेको तर्फबाट नेपाली राजदूत डा दुर्गा बहादुर सुवदीले बबी समूह युकेलाई प्रशंसा पत्र प्रदान गरेका थिए ।
’बबी’ फिल्मलाई नेपालमा दर्शकहरुले अधिक मन पराएका थिए । यस चलचित्रमा एक जोडीले अन्तरजातीय विवाह गर्दा समाजमा भोग्नुपरेको कथालाई समेटिएको छ । उमेश थापा र कविता गुरुङले आफ्नै जिन्दगीमा घटेको सत्य घटनालाई आफैं नायक नायिकाको रुपमा सो चलचित्रमा प्रस्तुत भएका छन् ।
सो चलचित्रलाई बेलायतमा बबी समूह युकेले गत २३ सेप्टेम्बरबाट विभिन्न शहरहरुमा प्रदर्शन गरेको थियो । सो प्रदर्शनबाट प्राप्त मुनाफामध्येबाट बबी समूह युकेले सहारा क्लब पोखरालाई सहयोग गर्ने निर्णय गरेको हो ।
‘नेपाल र विश्वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनिक
दक्षिणपश्चिमी जापानमा भीषण आगलागी : १७० घर नष्ट, सयौँ विस्थापित
कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
बेलायतमा कार दुर्घटनामा मृत्यु भएका तामाङका परिवारलाई एनआरएनए यूकेद्वारा झन्डै ५ लाख सहयोग हस्तान्तरण
बेलायतमा मृत्यु भएका नेपालीको नाममा फेक एकाउन्टबाट सहयोग संकलन, बन्द गर्न ‘गो फन्डमी’मा रिपोर्ट
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग