लन्डन । नेपालमा कार्यरत स्पेनिस समाजसेवी आइना बार्काको संस्थालाई बेलायतबाट ८ लाख रुपैयां सहयोग प्रदान गरिएको छ । हेटौंडामा ‘आशा विशेष पाठशाला तथा पुनस्थापना केन्द्र’ स्थापना गरि ३८ अपांग बालबालिकाको पालन पोषण गरिरहेकी बार्कालाई आइतबार एक कार्यक्रमबीच सहयोग प्रदान गरिएको हो । प्रमुख अतिथी एनआरएनए केन्द्रिय उपाध्यक्ष कुल आचार्य र एनआरएनए संस्थापक सचिव चिरन्जिवी ढकालले उक्त रकमको चेक बार्कालाई हस्तान्तरण गरे ।
इष्टकोटस्थित हिमालयन मोनाल रेष्टुरेन्टमा आयोजित कार्यक्रममा उपाध्यक्ष आचार्यले स्पेनिस भएर पनि बार्काले नेपालका वौद्धिक अपांग बालबालिकाका लागि गरेको निस्वार्थ भावनाको खुलेर प्रशंसा गरे । उनले आइनाले नेपालमा शुरुताका भोगेका अप्ठेरो स्मरण गर्दै अहिले एनआरएन सञ्जालले पनि सहयोगका हात बढाएको बताए । आचार्यले सहयोगदाता सबैप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि सहयोगको प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा एनआरएनए संस्थापक सचिव चिरन्जिवी ढकाल, एनआरएनए यूके भाषा साहित्य विभाग संयोजक नारायण गाउंले, व्यवसायी काशीराज बोहोरा, डा. राजेन्द्र थापा, समिरनाथ प्याकुरेल, हिमाल प्रसाईं, बालकृष्ण भुषाल, नायक ध्रुव दत्त लगायतले आइनाको मानवीय सेवाको प्रशंसा गरे । कार्यक्रममा रकम जुटाउन सक्रिय भूमिका निर्वाह गरेका व्यवसायी कृष्ण तिवारीले व्यक्तिगत रुपमा चेक हस्तान्तरणको सट्टा कार्यक्रम गरि प्रदान गर्दा यसले अरुलाई पनि प्रेरित गर्ने प्रष्टयाए ।
बार्काको निस्वार्थ सेवाका लागि एनआरएनए यूके भाषा साहित्य विभाग, लक्ष्मी राई (लारा) लगायत चन्दा संकलनमा निरन्तर खटिएका थिए । भाषा साहित्य विभागको संयोजनमा राजकुमार त्रिपाठी, नारायण गाउँले, कृष्ण तिवारी र लक्ष्मी राई सम्मिलित एउटा सहयोग संकलन समिति बनेको थियो ।
कार्यक्रममा हिमालयन मोनालका सञ्चालक काशीनाथ बोहोराले बार्कालाई पुष्पगुच्छाले स्वागत गरेका थिए भने व्यवसायी कृष्ण तिवारीले बोहोरालाई साझेदारीमा नयां रेष्टुरेन्ट सञ्चालन गरेकामा वधाइसहित खादाले सम्मान गरे ।
उक्त कार्यक्रम प्रायोजन व्यवसायी राजन फुंयालले गरेका थिए । तस्विर- शिव भण्डारी
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह