बिहीबार, माघ ६ २०७८ | Thu, January 20, 2022
नेपालको समय: २३:५० | UK Time: 18:05

जनगणना फाराममा ‘नेपाली’ राख्नुपर्ने माग लिएर प्रधानमन्त्री कार्यालय जाने तयारी

वीनेपाली
२०७५ मंसिर ८ गते २२:३८


लन्डन । ग्रेटर रसमोर नेपलिज कम्युनिटी (जीआरएनसी) ले आगामी मार्च, २०२१ मा हुने बेलायतको जनगणना गर्दा भरिने फाराममा ‘अदर एसियन’ को सट्टा ‘नेपाली’ राखिनुपर्ने माग लिएर टेन डाउनिङ स्ट्रिट जाने भएको छ ।

अघिल्लो आइतबार भेटघाट रेष्टुरेन्टमा भएको कम्युनिटीको बैठकले आउंदो ५ डिसेम्बर बिहान ११ बजे प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिट जाने निर्णय गरेको हो ।

संस्थाका अध्यक्ष जीव बेल्वासेका अनुसार, जीआरएनसी, एनआरएनए यूके, स्थानीय एमपी, काउन्सिलर, काउन्सिल लिडर, यूके नेपाल फ्रेन्डसीप सोसाइटीसमेतको टोली प्रधानमन्त्री कार्यालय जानेछ । ‘बेलायतमा नेपाली जनसंख्या बढिरहेको र गोर्खाहरुको विशेष योगदान रहेको परिप्रेक्ष्य साथै हाम्रो आफ्नै पहिचान भएकाले त्यो माग प्रधानमन्त्री समक्ष पुरयाउने निर्णय गरिएको हो’- अध्यक्ष बेल्वासेले भने ।

बैठकमा अध्यक्षले गोर्खा र ब्रिटिस आर्मीको स्मारक (स्ट्याचू) बनाउन क्राउड फन्डिङको जिम्मेवारी जीआरएनसीले लिएको र बांकी व्यवस्थापन रसमोर बरो काउन्सिलले लिने निर्णय भएको जानकारी दिएका थिए ।

बैठकमा फुड फेस्टिवल, नेपाली नयां वर्ष कार्यक्रम, भिक्टोरिया डे, जीआरएनसी अधिवेशन, नेपाली कक्षा सञ्चालन आदि विषयमा छलफल भएको थियो । बैठकले नेपाली नयां वर्ष मनाउन उपाध्यक्ष रन्जिता मल्ललाई संयोजक तोकेको छ भने जीआरएनसी अधिवेशनको सम्पूर्ण जिम्मेवारी वरिष्ठ उपाध्यक्ष रामधन राईलाई दिएको छ ।

महासचिव मान गुरुङद्वारा सञ्चालित उक्त बैठकमा हाल नेपाली समुदायमा बढिरहेको चोरी सम्बन्धमा छलफल भई यसको निराकरणका लागि पुनः स्थानीय प्रहरीसंग बैठक बस्ने निर्णय गरिएको छ ।

बैठकले गरिएका प्रस्ताव र निर्णय कार्यान्वयन पक्षमा विशेष जोड दिएको थियो । बैठकमा रसमोर कम्युनिटी अवार्डबाट सम्मानित सबै र क्याम्बर्ली नेपाली गोर्खा सोसाइटीको अध्यक्षमा निर्वाचित भएका सल्लाहकार क्याप्टेन देव घलेलाई वधाई दिइएको थियो । विगत १० दिनदेखि अस्पतालमा भर्ना भएकी सल्लाहकार शान्ति थापा कुंवरको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो ।

बैठकमा हालै आयोजित टेन के दौड कार्यक्रमका राम्रा र 
नराम्रा दुवै पक्षमा छलफल भएको थियो भने 
स्वयंसेवकको रुपमा कडा मिहेनत गर्ने क्याप्टेन बीर थापा, क्याप्टेन विष्णु थापा लगायत ३६ जनालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक