लन्डन । नेपलिज नर्सिङ एसोसिएसन यूकेको छैठौं कार्यसमितिका लागि अध्यक्षमा विनोद बिकास सिम्खडा निर्वाचित भएका छन् । २४ तारिख शनिवार लन्डनमा भएको निर्वाचनमा सिम्खडा ६० मत ल्याइ बिजयी भएका हुन् । उनको प्रतिद्वन्दी इन्दिरा बस्यालले ३३ मत ल्याएकी थिइन् । निर्वाचन पर्यवेक्षक एवं सोलिसिटर राजु थापाले नवनिर्वाचित अध्यक्षको नाम घोषणा गरेका थिए ।
सिम्खडा यस अघि उपाध्यक्ष थिए भने बस्याल संस्थापक सचिव हुन् । नवनिर्वाचित अध्यक्ष सिम्खडाले संस्थालाई थप उचाईंमा लैजाने बताउँदै सबैप्रति आभार ब्यक्त गरे ।
निर्वाचनमा १३७ कुल मतदाता मध्ये ९३ मत खसेको थियो ।
उपाध्यक्ष पदका दुई उम्मेदवारमध्ये गंगा साम्पांगले अन्तिममा उम्मेदवारी फिर्ता लिएपछि अन्य सबै पद निर्बिरोध भएको थियो ।
निर्विरोध हुनेमा उपाध्यक्ष सुनिता गौतम थापा, महासचिव रस्मितासिंह दर्लामी, सांस्कृतिक सचिव रफी श्रेष्ठ, कोषाध्यक्ष बिनु लामिछाने र सहकोषाध्यक्ष आज्ञा ढकाल छन् ।
त्यसैगरि कार्यकारी सदस्यहरुमा अन्जना सापकोटा, रन्जना केसी अधिकारी, कल्पना घिमिरे, ज्ञानु अधिकारी, शोभा बोहोरा, सरिता रिजाल र राजत्री पाण्डे थापा निर्विरोध भएका छन् । बांकी दुई सदस्य नयां कार्यसमितिले मनोनित गर्नेछ ।
निर्वाचन समिति संयोजकमा अजिता सिम्खडा थिइन् । सिम्खडाले अध्यक्ष बाहेक निर्वाचित पदाधिकारी तथा सदस्यहरुको नाम घोषणा गरेकी थिइन् । यसअघि अध्यक्ष प्रसुना कंडेलको अध्यक्षतामा साधारणसभा भएको थियो ।
तस्विर- शिव भण्डारी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी