लन्डन । नेपलिज नर्सिङ एसोसिएसन यूकेको छैठौं कार्यसमितिका लागि अध्यक्षमा विनोद बिकास सिम्खडा निर्वाचित भएका छन् । २४ तारिख शनिवार लन्डनमा भएको निर्वाचनमा सिम्खडा ६० मत ल्याइ बिजयी भएका हुन् । उनको प्रतिद्वन्दी इन्दिरा बस्यालले ३३ मत ल्याएकी थिइन् । निर्वाचन पर्यवेक्षक एवं सोलिसिटर राजु थापाले नवनिर्वाचित अध्यक्षको नाम घोषणा गरेका थिए ।
सिम्खडा यस अघि उपाध्यक्ष थिए भने बस्याल संस्थापक सचिव हुन् । नवनिर्वाचित अध्यक्ष सिम्खडाले संस्थालाई थप उचाईंमा लैजाने बताउँदै सबैप्रति आभार ब्यक्त गरे ।
निर्वाचनमा १३७ कुल मतदाता मध्ये ९३ मत खसेको थियो ।
उपाध्यक्ष पदका दुई उम्मेदवारमध्ये गंगा साम्पांगले अन्तिममा उम्मेदवारी फिर्ता लिएपछि अन्य सबै पद निर्बिरोध भएको थियो ।
निर्विरोध हुनेमा उपाध्यक्ष सुनिता गौतम थापा, महासचिव रस्मितासिंह दर्लामी, सांस्कृतिक सचिव रफी श्रेष्ठ, कोषाध्यक्ष बिनु लामिछाने र सहकोषाध्यक्ष आज्ञा ढकाल छन् ।
त्यसैगरि कार्यकारी सदस्यहरुमा अन्जना सापकोटा, रन्जना केसी अधिकारी, कल्पना घिमिरे, ज्ञानु अधिकारी, शोभा बोहोरा, सरिता रिजाल र राजत्री पाण्डे थापा निर्विरोध भएका छन् । बांकी दुई सदस्य नयां कार्यसमितिले मनोनित गर्नेछ ।
निर्वाचन समिति संयोजकमा अजिता सिम्खडा थिइन् । सिम्खडाले अध्यक्ष बाहेक निर्वाचित पदाधिकारी तथा सदस्यहरुको नाम घोषणा गरेकी थिइन् । यसअघि अध्यक्ष प्रसुना कंडेलको अध्यक्षतामा साधारणसभा भएको थियो ।
तस्विर- शिव भण्डारी
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह