लन्डन । ‘मिसेस नेपाल यूके २०१७’ की सेकेन्ड रनर अप अमृता गिरी गजुरेलको परिचय थपिएको छ । अब उनी गायिकाका रुपमा उदाएकी छन् । सानैमा दुर्घटनामा परि एउटा हात गुमाएकी अमृताले गाएको पहिलो गीत ‘माली बिनाको फूल…’ को म्यूजिक भिडियो बिहीबार एक कार्यक्रमबीच लन्डनमा सार्वजनिक गरिएको छ । लन्डन ब्रेन्ट काउन्सिलका पूर्व मेयर भगवानजी चौहान र व्यवसायी तथा समाजसेवी काशीराज बोहोराले संयुक्त रुपमा म्यूजिक भिडियो सार्वजनिक गरेका थिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी चौहानले अमृताको प्रतिभा देखेर आफू प्रभावित भएको र उनमा अरु धेरै सम्भावना रहेको बताए । अपांगता भएपनि उनको साहस, आत्मविश्वास र लगाव अरुका लागि पनि प्रेरणा श्रोत भएको चौहानको भनाइ थियो ।
म्यूजिक भिडियो निर्देशक कुशल श्रेष्ठले बेलायतमा भिडियो निर्माण आफैंमा चुनौतिपूर्ण भएको बताउंदै सहयोगी सबैप्रति आभार व्यक्त गरे ।
कार्यक्रम सञ्चालन गर्दै स्थानीय गायिका तथा गीतकार अन्जु श्रेष्ठले अमृताको जीवन भोगाइसंग मेल खाने शब्दहरु रचेको बताइन् ।
कार्यक्रममा म्यूजिक भिडियोमा अभिनय गरेका मोडलहरु गिता बस्नेत पाण्डे र शंकर गजुरेल, सञ्चारकर्मी ध्रुवराज अर्याल, शिव भण्डारी, निर्माता काशीराज बोहोरा, नाटयकर्मी सनम कुमार बैराग, मिसेस नेपाल यूके २०१७ आस्था जोशी लगायतले शुभकामना दिएका थिए ।
अमृताको एउटा हात छैन् तर अठोट, हिम्मत र साहस आम महिलाको भन्दा बढि छ । २०० माइलसम्म निरन्तर मोटरवेमा कार हाँक्छिन् उनी । गृहिणी पनि भएकाले घरायसी सबै काम, दुई सन्तानको रेखदेख अनि परिवारिक दायित्व समेत निभाउँछिन् । सारी देखि अरु लुगा लगाउन उनलाई कसैको सहारा जरुरत छैन् । मेकअप आफैं गर्छिन् । कुकिङ गरेर साथी भाइ, पाहुना निम्त्याइरहने त उनको रुची छ । समाजसेवातिर पनि सक्रिय अमृताको अचेल बेलायतका प्राय कार्यक्रममा ‘डान्स’ समेत डिमाण्ड हुने गरेको छ ।
तस्विर- शिव भण्डारी
हेर्नुहोस् म्यूजिक भिडियो-
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह