गायिकाको रुपमा उदाइन् अपांगता सुन्दरी (म्यूजिक भिडियो साथमा)

लन्डन । ‘मिसेस नेपाल यूके २०१७’ की सेकेन्ड रनर अप अमृता गिरी गजुरेलको परिचय थपिएको छ । अब उनी गायिकाका रुपमा उदाएकी छन् । सानैमा दुर्घटनामा परि एउटा हात गुमाएकी अमृताले गाएको पहिलो गीत ‘माली बिनाको फूल…’ को म्यूजिक भिडियो बिहीबार एक कार्यक्रमबीच लन्डनमा सार्वजनिक गरिएको छ । लन्डन ब्रेन्ट काउन्सिलका पूर्व मेयर भगवानजी चौहान र व्यवसायी तथा समाजसेवी 
काशीराज बोहोराले संयुक्त रुपमा म्यूजिक भिडियो सार्वजनिक गरेका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी चौहानले अमृताको प्रतिभा देखेर आफू प्रभावित भएको र उनमा अरु धेरै सम्भावना रहेको बताए । अपांगता भएपनि उनको साहस, आत्मविश्वास र लगाव अरुका लागि पनि प्रेरणा श्रोत भएको चौहानको भनाइ थियो ।

म्यूजिक भिडियो निर्देशक कुशल श्रेष्ठले बेलायतमा भिडियो निर्माण आफैंमा चुनौतिपूर्ण भएको बताउंदै सहयोगी सबैप्रति आभार व्यक्त गरे ।

कार्यक्रम सञ्चालन गर्दै स्थानीय गायिका तथा गीतकार अन्जु श्रेष्ठले अमृताको जीवन भोगाइसंग मेल खाने शब्दहरु रचेको बताइन् ।

कार्यक्रममा म्यूजिक भिडियोमा अभिनय गरेका मोडलहरु गिता बस्नेत पाण्डे र शंकर गजुरेल, सञ्चारकर्मी ध्रुवराज अर्याल, शिव भण्डारी, निर्माता काशीराज बोहोरा, नाटयकर्मी सनम कुमार बैराग, मिसेस नेपाल यूके २०१७ आस्था जोशी लगायतले शुभकामना दिएका थिए ।

अमृताको एउटा हात छैन् तर अठोट, हिम्मत र साहस आम महिलाको भन्दा बढि छ । २०० माइलसम्म निरन्तर मोटरवेमा कार हाँक्छिन् उनी । गृहिणी पनि भएकाले घरायसी सबै काम, दुई सन्तानको रेखदेख अनि परिवारिक दायित्व समेत निभाउँछिन् । सारी देखि अरु लुगा लगाउन उनलाई कसैको सहारा जरुरत छैन् । मेकअप आफैं गर्छिन् । कुकिङ गरेर साथी भाइ, पाहुना निम्त्याइरहने त उनको रुची छ । समाजसेवातिर पनि सक्रिय अमृताको अचेल बेलायतका प्राय कार्यक्रममा ‘डान्स’ समेत डिमाण्ड हुने गरेको छ ।

तस्विर- शिव भण्डारी

हेर्नुहोस् म्यूजिक भिडियो-

प्रतिक्रिया

सम्बन्धित सामाग्री