लन्डन । भूतपूर्व ब्रिटिश गोर्खाहरुले नेपाली नागरिकता निरन्तरताका लागि संविधान संशोधन गर्न नेपाल सरकारसंग माग गरेका छन् । ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता संघर्ष समिति यूके/नेपालले नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललमार्फत सरकारसंग उक्त माग गरेको हो ।
समितिका संयोजक सन्तोष थलङ र वरिष्ठ सहसंयोजक सुनबहादुर तामाङले सोमबार लन्डनमा आयोजित एक कार्यक्रमबीच वरिष्ठ नेता नेपालमार्फत नेपाल सरकारलाई एक ज्ञापनपत्र दिए ।
ब्रिटिश गोर्खाहरु शतप्रतिशत नेपालको वंशजको नागरिकतावाहक नेपाली नागरिक भएको उल्लेख गर्दै ज्ञापनमा ब्रिटिश गोर्खाहरुले सम्मानार्थ ब्रिटिश नागरिकता प्राप्त गरेपनि उनीहरुले प्राप्त गरिसकेको वंशजको नेपाली नागरिकता यथास्थितिमै निरन्तर रहने र नेपाल बाहिर जन्मिएका तिनका सन्ततिहरुले स्वतः वंशजको नेपाली नागरिकता प्राप्त गर्न सक्नेछन् भन्ने प्रावधान राखी संविधान संशोधन गरिनुपर्ने माग गरिएको छ ।
ब्रिटिश गोर्खाहरुको वंशजको नेपाली नागरिकता कायम नरहे गोर्खाहरुका चल अचल सम्पत्तिबाट देशको ठूलो धनराशी विदेशिने निश्चित भएको जनाउंदै ज्ञापनमा यस अलवा ब्रिटेनबाट नेपाल जाने विप्रेषणसंगै विभिन्न शीर्षकमा वार्षिक नेपाललाई प्राप्त हुने आर्थिक सहयोग समेत बन्द हुने निश्चित भएको दावी गरिएको छ ।
गोर्खाहरु सन् १८१६ को सुगौली सन्धिमार्फत ब्रिटिश सैन्य सेवामा प्रवेश गरेका थिए । नेपाल, भारत र बेलायतबीच सन् १९४७ मा भएको त्रिपक्षीय सन्धि अनुसार ब्रिटिश गोर्खाहरुले सम्मानार्थ बेलायती नागरिकता प्राप्त गरेको अभियन्ताहरुको धारणा छ । सैन्य सेवाका लागि ब्रिटिश नागरिकता लिनुपर्ने वाध्यात्मक परिस्थितिमा नेपाल सरकारले नेपाली नागरिकता निरन्तर रहन नदिंदा त्यो अन्तर्राष्ट्रिय कानुन अनुसार मानव वेचविखन ठहरिने जिकिर गोर्खाहरुको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा