लन्डन । भूतपूर्व ब्रिटिश गोर्खाहरुले नेपाली नागरिकता निरन्तरताका लागि संविधान संशोधन गर्न नेपाल सरकारसंग माग गरेका छन् । ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता संघर्ष समिति यूके/नेपालले नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललमार्फत सरकारसंग उक्त माग गरेको हो ।
समितिका संयोजक सन्तोष थलङ र वरिष्ठ सहसंयोजक सुनबहादुर तामाङले सोमबार लन्डनमा आयोजित एक कार्यक्रमबीच वरिष्ठ नेता नेपालमार्फत नेपाल सरकारलाई एक ज्ञापनपत्र दिए ।
ब्रिटिश गोर्खाहरु शतप्रतिशत नेपालको वंशजको नागरिकतावाहक नेपाली नागरिक भएको उल्लेख गर्दै ज्ञापनमा ब्रिटिश गोर्खाहरुले सम्मानार्थ ब्रिटिश नागरिकता प्राप्त गरेपनि उनीहरुले प्राप्त गरिसकेको वंशजको नेपाली नागरिकता यथास्थितिमै निरन्तर रहने र नेपाल बाहिर जन्मिएका तिनका सन्ततिहरुले स्वतः वंशजको नेपाली नागरिकता प्राप्त गर्न सक्नेछन् भन्ने प्रावधान राखी संविधान संशोधन गरिनुपर्ने माग गरिएको छ ।
ब्रिटिश गोर्खाहरुको वंशजको नेपाली नागरिकता कायम नरहे गोर्खाहरुका चल अचल सम्पत्तिबाट देशको ठूलो धनराशी विदेशिने निश्चित भएको जनाउंदै ज्ञापनमा यस अलवा ब्रिटेनबाट नेपाल जाने विप्रेषणसंगै विभिन्न शीर्षकमा वार्षिक नेपाललाई प्राप्त हुने आर्थिक सहयोग समेत बन्द हुने निश्चित भएको दावी गरिएको छ ।
गोर्खाहरु सन् १८१६ को सुगौली सन्धिमार्फत ब्रिटिश सैन्य सेवामा प्रवेश गरेका थिए । नेपाल, भारत र बेलायतबीच सन् १९४७ मा भएको त्रिपक्षीय सन्धि अनुसार ब्रिटिश गोर्खाहरुले सम्मानार्थ बेलायती नागरिकता प्राप्त गरेको अभियन्ताहरुको धारणा छ । सैन्य सेवाका लागि ब्रिटिश नागरिकता लिनुपर्ने वाध्यात्मक परिस्थितिमा नेपाल सरकारले नेपाली नागरिकता निरन्तर रहन नदिंदा त्यो अन्तर्राष्ट्रिय कानुन अनुसार मानव वेचविखन ठहरिने जिकिर गोर्खाहरुको छ ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह