लन्डन । बेलायती प्रधानमन्त्री टेरेजा मेले बिहीबार सांझ आयोजना गरेको दीवाली पार्टीमा नेपाली समुदाय पनि सहभागी भएको छ । विदेश मन्त्रालय (एफसीओ) मा आयोजित उक्त ‘रिसेप्सन’ मा करिब दर्जन नेपाली अगुवा सहभागी भएका थिए ।
बेलायतको नेपाली समुदायलाई स्थानीयसंग ‘इन्टिग्रेसन’ गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका युवा प्रशान्त कुंवरको पहलमा नेपालीले निम्तो पाएका हुन् । कुंवरले यसअघि भएका दीवाली पार्टीमा व्यक्तिगत रुपमा न्यून नेपालीलाई डाकिएपनि लामो प्रयासपछि यसपटक नेपाली समुदायलाई विशेष प्राथमिकता दिइ निम्तो दिइएको दावी गरे ।
कार्यक्रममा नेपाली समुदायमा विभिन्न पेशाको प्रतिनिधित्व गर्नेहरु कुंवरसहित चिकित्सक डा. पारस सिंह, स्वीमर गौरिका सिंह, लेफटिनेन्ट कर्णेल टोल खाम्चा, मेजर चन्द्र पुन, व्यवसायीहरु महन्त श्रेष्ठ, बिराज भट्ट, सिद्धार्थविक्रम क्षेत्री, प्रजय शुक्ल लगायत सहभागी थिए ।
प्रधानमन्त्री मेले होस्ट गरेको उक्त पार्टीमा मे स्वयं भने राजनीतिक अस्थिरताका कारण अन्तिम समयमा आउन नसक्ने जनाउ दिंदै अनुपस्थित भइन् । कार्यक्रम स्थल पनि ‘लास्ट आवर’ मा डाउनिङ स्ट्रिटबाट एफसीओ सारिएको थियो ।
यद्यपि प्रधानमन्त्रीको सट्टा हाउजिङ, समुदाय तथा स्थानीय सरकार राज्यमन्त्री जेम्स पिटर ब्रोकेनसायर उपस्थित थिए । उनले मन्तव्यका क्रममा दीवालीको शुभकामना दिंदै ब्रिटेनमा हिन्दू समुदायको योगदानको प्रशंसा गरे । प्रधानमन्त्रीका श्रीमान फिलिप मेले पनि सम्वोधन गर्दै हिन्दूहरुको महान पर्व दीवालीको शुभकामना दिएका थिए ।
कार्यक्रममा धार्मिक तथा सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह