लन्डन । गैरआवासीय नेपाली संघ बेलायतको नेतृत्व सम्हालेको एक वर्ष पुग्दा मैले गरेका कामहरु फेहरिस्त आफैंले भन्नु पर्ला जस्तो लाग्दैन । खुला किताब वा घाम जस्तै छर्लङग छ । गत कार्यकालमा नेतृत्व लिने सवालमा देखिएका असमझदारीहरु हटेको छ । निर्वाचन मार्फत विजयी भएपनि पराजितहरुलाई स्पेश दिने र सम्मान गर्ने काम यो कार्यसमितिले गरेको छ । लोकतान्त्रिक प्रक्रियामा जीत हार सामान्य हो । गणितको खेल भन्दा पनि बेलायतवासी नेपालीको हित, भाषा, धर्म, सस्कृति र एकता नै सबैको सर्वोपरि विषय हो ।
एउटा जीवन्त संगठनमा नेतृत्वमा मानिस आउने र जाने क्रम दिनपछि रात र रातपछि दिन आए जस्तै हो । तर त्यो बीचमा पनि आफ्ना खास दिन वा विशेष दिन हुन्छन् । म पनि एनआरएनए यूकेको नेतृत्व सम्हालेको कार्यकाललाई खास दिन बनाउन चाहन्छु । यस अन्तर्गत मैले आफ्ना घोषणा पत्रमा उल्लेख गरेका मध्ये केही काम पुरा गरिसके तथा अन्य कामहरु यहि नोभेम्बर महिनाबाट अभियानका रुपमा अघि बढाउदैछु ।
दुईदेखि चार हजारको वीचमा रहेको सदस्य संख्यालाई १० हजार पुर्याउने मेरो प्रतिवद्धता थियो । त्यो अन्तर्गत उपाध्यक्ष शेरबहादुर सुनारले यही महिनाबाट अभियान चलाउंदै हुनुहुन्छ । त्यो अभियानमा साथ दिन यूकेबासी नेपाली दिदी बहिनी र दाजुभाईलाई विनम्र अनुरोध गर्दछु । आर्थिक, सामाजिक र शैक्षिकलगायतका समस्या वा सोखले जन्मथलो छाडेर बिदेशीएका हामी नेपाली एकतामा बाधिनु अनिवार्य छ । एकता नै बल हो । त्यो कुरा ह्दयाङगम गरि जाति, भाषा, क्षेत्र, राजनीति, र धर्ममा बाडिएका हामी नेपाली बेलायतमा अल्पसंख्यकमै पर्छौं ।
हामीलाई अप्ठ्यारो पर्दा बोल्ने तपाई हामी नै हौ । यूकेमा एक नेपालीको घर जल्यो एनआरएनए यूकेले सहयोग गरयो । एक जना विद्यार्थीको दुखद निधन भयो त्यहाँ पनि एनआरएनए यूकले सहयोग गरयो । यस्ता मानवीय कार्यमा हातेमालो जरुरी छ । त्यो अप्ठ्यारो तपाई वा म जो कोहीलाई पर्न सक्छ । त्यो बेलामा हामीले खोज्ने भनेको समाज हो । त्यो समाज भनेको एनआरएनए नै हो ।
बेलायतको सन्दर्भमा भन्दा विभिन्न किसिमका गाउँस्तरका, क्षेत्र, जाति, भाषा र राजनीति संगठन नभएका होइनन् ।
करिव तीन सय नेपाली संघसस्था भएको अनुमान हामीले गरेका छौ । त्यसले आफ्ना जाति, क्षेत्र, भाषा, धर्म र राजनीतिसँग समेटिएका मानिसलाई मात्र सहयोग आदानप्रदान गर्छ । तर, एनआरएनए भनेको सवै संस्थाको छाता संगठन हो । यसले सवैसँग सहयोगको आदानप्रदान गर्छ । यसको नेतृत्वमा जो पनि आउन सक्छ । नेतृत्वमा आउन निश्चित भाषा, क्षेत्र, जात वा राजनीति गर्नु पर्दैन ।
कम्तिमा एक परिवारले एक सदस्य बँनौ। बेलायतमा एक बर्षमा १० पाउण्ड तिर्न कसैलाई केही समस्या पर्छ जस्तो लाग्दैन । यहाँको आम्दानीले बर्षमा १० पाउण्ड तिर्न गाह्रो भन्दा पनि एनआरएनए प्रतिको बुझाईमा फरक फरक विचार भएर जस्तो लाग्छ । तपाईका सहमति वा असहमति भएपनि एउटै टेवुलमा बसेर छलफल गरौं । यसलाई उन्नतस्तरको सवै नेपालीको संस्था बनाऔ । त्यसका लागि सहभागिता निकै खाँचो छ । त्यो भनेको तपाईले १० पाउण्ड तिरेर घरमै बसिबसि अनलाईन मार्फत सदस्यता लिने व्यवस्था हामीले गरिसकेका छौ ।
तपाईका गुनासा वा समस्या छन् भने हामी संगै बसेर छलफल गरौं । त्यसपछि पक्कै समाधान निस्कन्छ । हाम्रो जन्मभुमी छेउको भुटानमा नेपाली लखेटिनु परेको हामीले देखेका छौं । बर्मामा नेपाली खेदिनु परेको पनि हामीले देखेका छौं । यो जीवनमा कहिले के हुन्छ । हामीलाई केही थाहा हुदैन ।
तरपनि, हामी एक ठाउँमा उभियौं भने एउटा शक्ति निर्माण हुन्छ । त्यो काम भनेको एनआरएनए जस्तो संस्थाले मात्रै गर्न सक्छ । दैनिक १५ सय नेपाली जन्मभुमिबाट कर्म गर्न निस्कन्छन । घरपरिवार वा आफ्नो जीवन यापन सहज बनाउन कर्म गर्न निस्किएका मानिसहरु लासका रुपमा भित्रिएका छन । त्यस्ताका परिवार विचल्लीमा परेका छन् । तर, त्यहाँ नेपाली एक भए भने त्यस्तो परिवारले सवैले थोरै आर्थिक वा सामाजिक सहयोग गर्दा त्यो परिवारले पाउने शैक्षिक ज्ञान सजिलै हासिल गर्न सक्छ । अनि त्यस्ता सहयोगी भावना वा सहयोगी हातहरुलाई नमन गर्न कसैले पनि गाह्रो मान्दैन । तर, त्यसका लागि एकता अनिवार्य सर्त हो ।
(फगामी, गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष हुन् )
(वीनेपाली डट कमका समाचार संयोजक श्याम लुइटेलसँग बार्तामा आधारित यस लेखलाई हामीले दुई भागमा प्रकाशित गर्नेछौं । यो आलेखको भाग १ हो- सम्पादक)
३०० वर्ष पुरानो भायलिन प्रदर्शन हुँदै बेलायतको सङ्गीत महोत्सवमा
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
नेपालमा प्राणघातक रोग रुबेला उन्मूलन भएको विश्व स्वास्थ्य सङ्गठनको घोषणा
बेलायतमा मनाइयो ‘लन्डन इन्द्र जात्रा’
र्यापमा रमाउँदै नयाँ पुस्ता : ‘र्यापले नचाउँछ, विद्रोहको भाव जगाउँछ’
बीसीसी यूकेले गर्यो कुलमान घिसिङलाई स्वागत तथा सम्मान
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
एनआरएनए यूकेका दुई समूहले गरे कुलमान घिसिङसँग छुट्टाछुट्टै ‘मिट एन्ड ग्रिट’कार्यक्रम
एक लाख १० हजार धरौटीमा छुटे चक्रे मिलन
बेलायती सांसद एलेक्स बेकरसँग कुमाल घिसिङको भेटवार्ता