लन्डन । आफ्नो गल्ती ढाकछोप होइन, बरु सार्वजनिक रुपमै माफी माग्न र परिआए पदबाट राजिनामा दिन समेत पछि पर्दैनन् पश्चिमा मुलुकका राजनीतिज्ञ । गत साता बेलायती गृहमन्त्री साजिद जावीदले संसदको तल्लो सदन ‘हाउस अफ कमन्स’ मा आफ्नो मन्त्रालयको कदमप्रति क्षमायाचना गरे । बेलायतको आवासीय भिजाका लागि आवेदन दिएका कम्तीमा ४४९ जनालाई डिएनए (आनुवंशिक) परीक्षण गर्न वाध्य पारिएको घट्नामा गृहमन्त्री झुकेका थिए । डिएनए परीक्षण वाध्यात्मक नभई स्वेच्छिक हुनुपर्ने भनाइ राख्दै उनले आफ्नो मुलुकको आप्रवासनसम्बन्धी नीति आधुनिक विश्व अनुकुल बनाउन सुधार गर्ने अठोट समेत लिएका छन् ।
चार महिनाअघि होम अफिसको आन्तरिक पुनरावलोकनमा ५१ जना भूतपूर्व गोर्खाका सन्तान र बेलायत सरकारकालागि काम गरेका अफगान नागरिकहरुको मुद्दामा होम अफिसले डिएनए परीक्षणका लागि माग गरेको भेटिएको थियो । यस्तो माग ‘अस्वीकार्य’ ठानेका गृहमन्त्रीले मन्त्रालयको निर्देशन अस्पष्ट र गलत भएको बताएको बीबीसीले उल्लेख गरेको छ ।
सन् २०१५ जनवरीमा होम अफिसले भूतपूर्व गोर्खा सन्तानका लागि डिएनए परीक्षणको ‘गाइडेन्स’ ल्याएको थियो ।
आफूहरुले पेश गरेका नाता प्रमाणित तथा जन्मदर्ता जस्ता कागजात विश्वसनीय छैनन् भनेर डिएनए परीक्षण गराउन लगाउनु आफूहरुमाथि बेलायतलाई विश्वास नभएको उदाहरणका रुपमा लिन्छन् भूतपूर्व गोर्खा । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका संयोजक एकजना गोर्खा अभियन्ता कृष्णबहादुर राई होम अफिसले वयस्क सन्तान झिकाउने सन्दर्भमा अनावश्यक झमेला दिएको बताउंछन् । ‘युद्ध मैदानमा होमिंदा हामी ब्रिटेनको भरपर्दो, साहसिक र इमान्दार सैनिक भयौं, अहिले आफ्ना सन्तान झिकाउन खोज्दा पत्याउंदैन्’, राईको आक्रोश छ, ‘एउटै जिम्मेवारी, एउटै कार्यक्षेत्रमा खटिएका भूतपूर्व गोर्खा अहिले गोरा सरह समान पेन्सनका लागि दिनरात भौंतारी रहनुपरेको छ ।’
बेलायतले विभिन्न दश शर्त राखेर ३० वर्ष मुनीका वयस्क सन्तानलाई आवासीय भिजा दिन पनि आनाकानी गर्ने गरेको भूतपूर्व गोर्खाहरुको गुनासो छ । भूतपूर्व गोर्खा सन्तानका मुद्दा हेर्दै आएको लन्डनस्थित एभरेष्ट ल सोलिसिटर्स फर्मका प्रिन्सिपल सोलिसिटर राजु थापा बेलायतले बाबु र छोरा वा छोरीबीचको सम्बन्धमा शंका गरेर डिएनए परीक्षण गर्न लगाउनु गोर्खाहरुको सेवा, इमान्दारिता र स्वभिमानमाथि नै प्रश्नचिन्ह खडा गर्नु भएको बताउंछन् । ‘अर्को कुरा सम्बन्धमा शंका लागे डिएनए परीक्षण गर्न होम अफिसले नै खर्च बेहोर्नुपर्छ । निवेदकले बेहोर्नुपर्ने नीति गलत छ’, थापाले भने ।
सरकारले वयस्क सन्तानको आवासीय भिजा अस्वीकार गरेपनि अदालतले मानवअधिकारका आधारमा मुद्दा जिताउने गरेको थापाले बताए ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित