अमृतसर, भारत, ३ कात्तिक – भारतको उत्तरी राज्य पञ्जाबस्थित अमृतसरमा शुक्रबार भएको रेल दुर्घटनामा परी करिब ६० व्यक्तिको ज्यान गएको छ ।
प्रहरी स्रोतले उक्त जानकारी दिएको छ । हिन्दू धर्मका पौराणिक पात्र रावणको पुत्ला जलाइने वार्षिक दशहरा पर्व हेर्न रेलको लिकनजिकै भेला भएका मानिसहरुमाथि रेल गुडेपछि सो घटना भएको थियो ।
प्रत्यक्षदर्शीले पुत्ला जलाइन लागेको भिडको आवाजले गर्दा रेल आफूतिर आउँदै गरेको रेलको आवाज नसुनेको बताएका छन् । तर आफन्त गुमाएर आक्रान्त भएका व्यक्तिहरुले भने सरकारले सुरक्षालाई ध्यान नदिएको भन्दै शनिबार प्रदर्शन गरेका छन् ।
‘जालन्धर–अमृतसर एक्प्रेस’ नामक यस रेलको मार्गमा दर्जनौ व्यक्ति जम्मा भएका र अचानक तीनवटा झट्कापछि रेल पल्टिएको बताइएको छ ।
शुक्रबार भएको यस दुर्घटना रेल चालकले रोक्न खोज्दा पनि नसकेको बताइएको छ । यद्यपी यस घटनापछि राजनितिक पार्टीलगयात रेलवे अधिकारीहरु र सर्वसाधारणबीच आरोप प्रत्यारोप शुरु भएको बताइएको छ ।
यस दुर्घटनामा परी ५९ व्यक्तिको मृत्यु हुनको साथै अन्य ९० जना घाइते भएका अमृतसर चिकित्सा सेवाका प्रमुख हरदीप सिंहले एएफपी समाचार समितिलाई बताउनु भएको छ । घाइते मध्ये सात जनाको अवस्था गम्भीर रहेको पनि सिंहले बताउनु भएको छ । सिंहका अनुसार हालसम्म २५ शवको मात्र परिचय खुलेको छ ।
स्थानीय सम्बादाताहरुका अनुसार यो घटना शुक्रवार साँझ करिब ६.३० बजे भएको थियो । घटनामा ज्यान गुमाउनेहरूको सङ्ख्या अझ बढ्न सक्ने प्रहरीको अनुमान छ । भारतमा हरेक महिना रेलमार्गबाट सवारी साधन पार गर्दा नै दुर्घटना भएको पाइन्छ ।
भारतीय सरकार सन् २०१२ मा प्रकाशनमा ल्याएको एक प्रतिवेदनअनुसार हरेक वर्ष भारतमा हुने गरेको रेल दुर्घटनामा परी करिब १५ हजार व्यक्तिले ज्यान गुमाउने गरेका छन् ।
गत नोभेम्बरमा एक विद्यालयको बर्ष रेलमार्गबाट पार हुँदा भएको दुर्घटनामा परी १३ बालबालिकाको मृत्यु भएको थियो । उत्तर प्रदेश राज्यमा सन् २०१६ को नोभेम्बरमा ‘पटना –इन्डोर एक्प्रेस’ नामक एक रेल दुर्घटना हुदाँ १३९ व्यक्तिको मृत्यु भएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?