अमृतसर, भारत, ३ कात्तिक – भारतको उत्तरी राज्य पञ्जाबस्थित अमृतसरमा शुक्रबार भएको रेल दुर्घटनामा परी करिब ६० व्यक्तिको ज्यान गएको छ ।
प्रहरी स्रोतले उक्त जानकारी दिएको छ । हिन्दू धर्मका पौराणिक पात्र रावणको पुत्ला जलाइने वार्षिक दशहरा पर्व हेर्न रेलको लिकनजिकै भेला भएका मानिसहरुमाथि रेल गुडेपछि सो घटना भएको थियो ।
प्रत्यक्षदर्शीले पुत्ला जलाइन लागेको भिडको आवाजले गर्दा रेल आफूतिर आउँदै गरेको रेलको आवाज नसुनेको बताएका छन् । तर आफन्त गुमाएर आक्रान्त भएका व्यक्तिहरुले भने सरकारले सुरक्षालाई ध्यान नदिएको भन्दै शनिबार प्रदर्शन गरेका छन् ।
‘जालन्धर–अमृतसर एक्प्रेस’ नामक यस रेलको मार्गमा दर्जनौ व्यक्ति जम्मा भएका र अचानक तीनवटा झट्कापछि रेल पल्टिएको बताइएको छ ।
शुक्रबार भएको यस दुर्घटना रेल चालकले रोक्न खोज्दा पनि नसकेको बताइएको छ । यद्यपी यस घटनापछि राजनितिक पार्टीलगयात रेलवे अधिकारीहरु र सर्वसाधारणबीच आरोप प्रत्यारोप शुरु भएको बताइएको छ ।
यस दुर्घटनामा परी ५९ व्यक्तिको मृत्यु हुनको साथै अन्य ९० जना घाइते भएका अमृतसर चिकित्सा सेवाका प्रमुख हरदीप सिंहले एएफपी समाचार समितिलाई बताउनु भएको छ । घाइते मध्ये सात जनाको अवस्था गम्भीर रहेको पनि सिंहले बताउनु भएको छ । सिंहका अनुसार हालसम्म २५ शवको मात्र परिचय खुलेको छ ।
स्थानीय सम्बादाताहरुका अनुसार यो घटना शुक्रवार साँझ करिब ६.३० बजे भएको थियो । घटनामा ज्यान गुमाउनेहरूको सङ्ख्या अझ बढ्न सक्ने प्रहरीको अनुमान छ । भारतमा हरेक महिना रेलमार्गबाट सवारी साधन पार गर्दा नै दुर्घटना भएको पाइन्छ ।
भारतीय सरकार सन् २०१२ मा प्रकाशनमा ल्याएको एक प्रतिवेदनअनुसार हरेक वर्ष भारतमा हुने गरेको रेल दुर्घटनामा परी करिब १५ हजार व्यक्तिले ज्यान गुमाउने गरेका छन् ।
गत नोभेम्बरमा एक विद्यालयको बर्ष रेलमार्गबाट पार हुँदा भएको दुर्घटनामा परी १३ बालबालिकाको मृत्यु भएको थियो । उत्तर प्रदेश राज्यमा सन् २०१६ को नोभेम्बरमा ‘पटना –इन्डोर एक्प्रेस’ नामक एक रेल दुर्घटना हुदाँ १३९ व्यक्तिको मृत्यु भएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी