लिस्बन, २ कात्तिक – युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु गरिएको छ ।
पोर्चुगलमा क्रियाशील नेपाली पत्रकारको समूह नेपाली जर्नालिष्ट क्लबले उक्त मासिक पत्रिका प्रकाशन शुरु गरेको हो । राजधानी लिस्बनमा बुधबार आयोजित कार्यक्रममा पोर्चुगलका लागि नेपाली अवैतनिक वाणिज्य दूत मकरबहादुर हमाल, पोर्चुगलका लागि नेपाली पर्यटन दूत रमेशकुमार गुरुङ, गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष कुवेर कार्कीसहित विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले संयुक्त रुपमा उक्त पत्रिका लोकार्पण गरेका थिए ।
पोर्चुगलमा रहेका नेपाली समुदायलाई महत्वपूर्ण गतिविधिको जानकारी दिने, सत्य सूचना सम्प्रेषण गर्ने तथा नेपालको पर्यटन प्रवर्धनमा टेवा पुरयाउने उद्देश्यअनुरुप पत्रिका प्रकाशन गरिएको क्लबका संयोजक योगेन्द्रमिलन छन्त्यालले बताए ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल