ढाका, १ कात्तिक – बङ्गलादेशमा संसदीय निर्वाचनको मिति घोषणा गरिने जानकारी त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले आगामी नोभेम्बर अन्तिम साता यहाँको संसदीय निर्वाचनको मिति घोषणा गरिने र सो निर्वाचन आगामी डिसेम्बर महिनाको अन्तिम सातातिरका लागि आयोजना गरिने जानकारी दिएको हो ।
बङ्गलादेशको निर्वाचन आयोगका सचिव हेलाल उद्दिन अहमदले बिहीबार पत्रकारहरुसँग कुराकानी गर्दै भन्नुभयो- ‘हामीले नोभेम्बरको अन्तिम साता निर्वाचनको घोषणा गरिने छ र आगामी डिसेम्बरको अन्तिम सातातिर निर्वाचन सम्पन्न गरिने छ ।’
बङ्गलादेशका वर्तमान प्रधानमन्त्री शेख हसिनाको पाँच वर्षे कार्यकाल आगामी वर्षको जनवरीमै पूरा हुदैछ । उहाँ बंगलादेशको नेशनल अवामी लिगको तर्फबाट प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।
सचिव अहमदले भन्नुभयो-‘बंगलादेशमा संसदीय निर्वाचन गर्ने उचित समय डिसेम्बरको अन्तिम साता हो र हामीले सोही समयका लागि तयारी गरिरहेका छौँ ।’
तर निर्वाचनको निश्चित दिन भने अझै तोकिएको छैन । निर्वाचनको मिति कहिले तोकिन्छ भन्ने विषयमा बंगलादेशमा व्यापक मात्रामा चर्चा शुरु भएका छन् । नेशनल अवामी लिगले सन् २००९ देखि यहाँ शासन गर्दै आएको छ ।
सो दलले सन् २००९ मा करिब दुई तिहाई बहुमतको नजिक मत प्राप्त गरी शासन गरेको हो । त्यसपछि सन् २०१४ मा भएको आमनिर्वाचनमा पनि सोही दलले नै स्पष्ट बहुमत ल्याएको थियो । सो मतपछि उक्त दलले नै शासन गर्दै आएको छ ।
राजनीतिक विश्लेषकहरु अहिले अब आउने निर्वाचनमा पनि सोही दलले नै बहुमत हासिल गरी सत्तामा पुग्ने आशामा रहेको विश्लेषण गर्ने गरेका छन् ।
अवामी लिगले पछिल्ला केही वर्षहरुमा भने प्रमुख विपक्षी दल बङ्गलादेश नेशनल पार्टीको चुनौती सामना गरिरहेको बताइन्छ । सत्ताको कडा आलोचना र आन्दोलनमा पछिल्लो कार्यकालभरी नै सो दलले समस्या उत्पन्न गर्ने गरेको छ ।
उक्त दलको प्रमुखमा बङ्गलादेशकी अर्की नेत्री खालिदा जिया हुनुहुन्छ । उहाँ बंगलादेशको पूर्व प्रधानमन्त्री पनि हुनुहुन्थ्यो ।
पूर्व प्रधानमन्त्री जियाको दलले राजनीतिक दल विनाको सरकारले संसदको निर्वाचन गराउनुपर्ने माग गर्दै आएको छ । अवामी लिगले नै गराएको यसअघिको अर्थात् सन् २०१४ को निर्वाचनमा धाँधली भएको भन्दै जियाको दलले निर्वाचन बहिस्कार गरेको थियो ।
सो दलले यस पटक पनि अवामी लिगले निर्वाचन गराएमा सहभागी नहुने बताउँदै आएको छ । साथै सो दलले जियालाई रिहा गर्न पनि माग गरेको छ ।
जियालाई भ्रष्टाचारको आरोपमा जेल सजायँ दिइएको छ । उहाँ दुई वर्षभन्दा लामो समयदेखि जेलमै हुनुहुन्छ ।
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत