लण्डन । पासा पुचः गुथी युकेले यस वर्षदेखि बेलायतमा मोहनी नखः मनाउन शुरु गरेको छ । करिब ७० सँस्कृतिप्रेमीको उपस्थितिमा पुचःले गत शनिबार लण्डनमा पहिलो पटक मोहनी नखः मनाएको हो ।
दशैं पर्वको अवधिमा नेवार समुदायमा मनाइने मोहनी नखःको बेग्लै महत्व छ ।
कार्यक्रममा गुथीका सह अध्यक्षद्वय श्रीमती मेनका श्रेष्ठ र श्रीमती रुक्मणी मानन्धरले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सह सचिव अनिल महर्जनले कार्यक्रमबारे जानकारी दिए । महासचिव सन्दीप श्रेष्ठ र खेलकूद सचीव सुमीत बज्राचार्यले नेपालभाषा र खसभाषा नेपालीमा गीत संगीतले मनोरन्जन दिलाएका थिए ।
गुथीका अध्यक्ष संयुक्त श्रेष्ठले बेलायतका नेपाली घरपरिवारमा हुर्किरहेका बालबालिकाले आफ्नो संस्कृतिबारे ज्ञान पाउनुपर्ने उल्लेख गर्दै सुरजबीर बज्राचार्यद्वारा रचित् “धालः जितः नेवाः“ गीत गाएर पनि सुनाए । कार्यक्रममा सहभागीहरूले पातको लपतय्मा नेवाः भोजको आनन्द लिएका थिए भने लण्डनस्थित ’मम एण्ड रोटी’ ब्राण्डका बिनोद बराल र नरेश शर्माको सह आयोजनामा विभिन्न परिकार व्यवस्था गरिएको थियो ।
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी