लण्डन । पासा पुचः गुथी युकेले यस वर्षदेखि बेलायतमा मोहनी नखः मनाउन शुरु गरेको छ । करिब ७० सँस्कृतिप्रेमीको उपस्थितिमा पुचःले गत शनिबार लण्डनमा पहिलो पटक मोहनी नखः मनाएको हो ।
दशैं पर्वको अवधिमा नेवार समुदायमा मनाइने मोहनी नखःको बेग्लै महत्व छ ।
कार्यक्रममा गुथीका सह अध्यक्षद्वय श्रीमती मेनका श्रेष्ठ र श्रीमती रुक्मणी मानन्धरले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सह सचिव अनिल महर्जनले कार्यक्रमबारे जानकारी दिए । महासचिव सन्दीप श्रेष्ठ र खेलकूद सचीव सुमीत बज्राचार्यले नेपालभाषा र खसभाषा नेपालीमा गीत संगीतले मनोरन्जन दिलाएका थिए ।
गुथीका अध्यक्ष संयुक्त श्रेष्ठले बेलायतका नेपाली घरपरिवारमा हुर्किरहेका बालबालिकाले आफ्नो संस्कृतिबारे ज्ञान पाउनुपर्ने उल्लेख गर्दै सुरजबीर बज्राचार्यद्वारा रचित् “धालः जितः नेवाः“ गीत गाएर पनि सुनाए । कार्यक्रममा सहभागीहरूले पातको लपतय्मा नेवाः भोजको आनन्द लिएका थिए भने लण्डनस्थित ’मम एण्ड रोटी’ ब्राण्डका बिनोद बराल र नरेश शर्माको सह आयोजनामा विभिन्न परिकार व्यवस्था गरिएको थियो ।
काठमाडौंकी साम्राज्ञी मोक्तान बन्नुभयो १८ औं मिस तामाङ
गीतकार एवं कवि अधिकारीसहित सात स्रष्टालाई अमेरिकामा सम्मान गरिँदै
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता
बेलायत – भारत शैक्षिक सम्बन्धलाई सुदृढ पार्न भारतमा नौ वटा ब्रिटिस विश्वविद्यालय स्थापना गरिदै