पोर्ट सिडक्सन, मलेसिया, ३१ असोज – मलेसियाली नेता अन्वर इब्राहिमलाई यहाँका नागरिकले अबको प्रधानमन्त्रीका रुपमा हेर्न थालेका छन् ।
प्राप्त समाचारअनुसार मलेसियाको मुलधारको राजनीतिमा आउने तयारी गरिरहेका नेता इब्राहिमलाई मलेसियाका नागरिकले आगामी प्रधानमन्त्रीका रुपमा चर्चा थालेका बताइएको छ ।
मलेसियाको प्रमुख विपक्षी नेता रहेका इब्राहिम पुर्ववर्ती सरकारका पालामा जेल पर्नुभएको थियो । जेल सजाय भोगेका उहाँ वर्तमान प्रधानमन्त्री महाथिर मोहम्मदको सरकार बनेपछि रिहा हुनुभएको हो ।
उहाँ गत शनिबारमात्र सम्पन्न एक उपनिर्वाचनमार्फत संसद सदस्य पनि विजयी हुनुभएको छ । सो विजयसँगै उहाँलाई हालका मलेसियाली प्रधानमन्त्री ९३ वर्षीय महाथिर मोहम्मदपछिको प्रधानमन्त्रीका रुपमा हेर्न थालिएको छ ।
उक्त उपनिर्वाचनमा विजयी भएसँगै मलेसियामा यो चर्चा चलेको समाचारमा जनाइएको छ । मलेसियामा यसैवर्ष सम्पन्न आमनिर्वाचनका समयमा पनि इब्राहिमको राजनीतिक दलसँग वर्तमान प्रधानमन्त्री मोहम्मदले सत्ता साझेदारीको सहमति गरेका बताइएको थियो ।
सोही सहमति बमोजिम नै उहाँलाई उपनिर्वाचनमा उम्मेदवार बनाइएको र अब उहाँ महाथिरपछिको प्रधानमनन्त्री बन्ने चर्चा गरिएको हो ।
यसअघि राजनीतिबाट विश्राम लिने घोषणा नै गर्नुभएका ९३ बर्षीय महाथिरले देशमा भ्रष्टाचार बढेको र देशको राजनीति गलत बाटोतर्फ गएको भन्दै सुधारका लागि आफूहरुले गठबन्धन गरेर राजनीतिमा फर्किनु परेको बताउनु भएको थियो ।
तर अघिल्लो सरकारले नेता इब्राहिमलाई पनि भ्रष्टाचारको आरोपमा जेल हालेको थियो । पछि उहाँलाई काराबासको सजाय दिइएको थियो । महाथिरको सरकार बनेपछि उहाँ रिहा हुनुभएको हो ।
भावी प्रधानमन्त्रीका रुपमा ७१ वर्षीय राजनीतिज्ञ अन्वार इब्राहिमलाई हेर्न थालिएको चर्चा यतिखेर मलेसियामा चलेको छ ।
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ
नेपालको परराष्ट्र मन्त्रालयले भन्यो – ‘पश्चिम एसियाको द्वन्द्वपछि ३० हजार नेपाली स्वदेश फर्किए’
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
सर्वोच्च अदालतले दियो गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतको फैसला स्वीकार गर्ने