आदिस अबाबा, ३० असोज (रासस/एएफपी)- इथोयोपियाका प्रधानमन्त्री अबिय अहमदले मन्त्रिपरिषदको आकार साना बनाउने घोषणा गर्नुभएको छ । तर उहाँले मन्त्रिपरिषदका आधा सदस्य महिला राख्नुभएको छ ।
बीस सदस्यीय मन्त्रिपरिषदका मुख्य मन्त्रालयहरुमा महिलालाई जिम्मेवारी दिइएको अबियका प्रमुख अधिकृत फिटसम आरिगाले बताउनुभयो । उहाँले नयाँ सिर्जना गरिएको शान्ति मन्त्रालयको साथै सङ्घीय प्रहरी र गुप्तचर निकायका मुख्य जिम्मेवारी महिलालाई दिनुभएको जानकारी दिनुभयो ।
“शान्ति, व्यापार तथा उद्योग, र रक्षा मन्त्रालय समेतका महत्वपूर्ण मन्त्रालयहरु महिलालाई दिइएको छ,” आरिगाले बताउनुभयो ।
राष्ट्रिय रक्षा मन्त्रालयमा आइसा मोहम्मदलाई जिम्मेवारी दिइएको छ र यो मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने उहाँ पहिलो महिला हुनुहुन्छ । संसदमा पूर्व सभामुख रहनुभएकी मुफेरियात कामिललाई शान्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यसअघिको मन्त्रिपरिषदमा २८ जना मन्त्री थिए, जसमा पाँचजना मात्र महिला थिए ।
गत अप्रिलमा कार्यभार सम्हालेयता प्रधानमन्त्री अबियको यो पछिल्लो नाटकीय परिवर्तन हो । दुई वर्षदेखि सरकार विरुद्ध प्रदर्शन भएपछि पूर्व प्रधानमन्त्रीले राजीनामा गरेलगत्तै अबिय नयाँ प्रधानमन्त्री चुनिनु भएको थियो ।
प्रधानमन्त्री अबियले छिमेकी मुलुक इरिट्रियासँगको दुई दशकदेखि जारी द्वन्द्वलाई समाप्त गर्नुभएको थियो । उहाँले विपक्षीहरुलाई कारागारमुक्त गर्नुका साथै विगतमा प्रतिबन्धित धेरै समूहलाई स्वदेश फर्काउने नीति ल्याउनुभएको थियो । प्रधानमन्त्री अबियले राज्य नियन्त्रित प्रमुख उद्योग व्यवसायलाई निजीकरण गर्ने योजना सार्वजनिक गर्नुभएको छ ।
बयालीस वर्षीय अबिय प्रधानमन्त्री भएपछि पनि गाउँघरमा जातीय सङ्घर्षले तीव्रता पाएको छ । दक्षिणी इथियोपियामा जारी हिंसाका कारण दश लाख मानिस विस्थापित भइसकेका छन् ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार