
स्याङ्जा, ३० असोज – यहाँ प्याराग्लाइडिङ विश्कप प्रतियोगिता हुने भएको छ । भीरकोट नगरपालिका–५ स्थित स्वरेक मैदानमा नेपाल प्याराग्लाइडिङ सङ्घ, नेपाल हवाई खेलकूद संस्था र बाबु एड्भेञ्चर क्लब स्याङ्जाको आयोजना र जिल्ला समन्वय समिति स्याङ्जाको संयोजकत्वमा हुने प्रतियोगिता आगामी कात्तिक १५ देखि १८ गतेसम्म सञ्चालन गरिनेछ ।
नेपाल प्याराग्लाइडिङ ह्याण्डग्लाइडिङ सङ्घका महासचिव एवं कार्यक्रम संयोजक शैलेन्द्र रावतले नेपालको इतिहासमै पहिलो पटक विश्वकप आयोजना हुने बताउँदै यो राज्य र खेलाडीका लागि गर्वको कुरा भएको बताउनुभयो ।
प्रतियोगिता व्यवस्थापन मूल समारोह समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासले प्रतियोगिताले स्याङ्जाको पहिचान विश्वमै हुने तथा नेपालमा हवाई खेलको सम्भावनालाई अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्ने कार्यमा यो प्रतियोगिता महत्वपूर्ण अवसर हुने बताउनुभयो ।
आँधीखोला भ्याली एभिएशन जोनलाई विश्वमा चिनाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने समन्वय प्रमुख सुन्दासको भनाइ छ । जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउन लागिरहेको सन्दर्भमा हवाई साहसिक पर्यटकको सङ्ख्या वृद्धि गर्ने, हवाई खेलको सम्भावनालाई विश्वसामु उजागर गर्ने र आँधीखोला भ्यालीको हवाई खेलको सम्भावनालाई विश्वसामु चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
नेपाल प्याराग्लाइडिङ ह्याण्डग्लाइडिङका प्रशिक्षक सानोबाबु सुनुवारले हवाई खेलका लागि वातावरणीय एवं प्राविधिक हिसाबले आँधीखोला भ्याली उत्कृष्ट भएको बताउनुभयो । बाबु एडभेन्चर क्लबका अध्यक्ष कृष्णजङ्ग केसीले स्वरेक मैदानमा विश्वकपको आयोजना गर्नका लागि अन्तर्राष्ट्रिय संस्था एफएआइ र पिजिएडब्लुसी र राष्ट्रिय खेलकूद परिषद् र नेपाल ओलम्पिक कमिटीले अनुमति दिएको जानकारी दिनुभयो । प्रतियोगितामा नेपालसहित जापान, क्यानडा, दक्षिण कोरिया, मलेसिया, सिङ्गापुर, भारत, पाकिस्तानलगायत करीब ३० भन्दा बढी देशका महिला र पुरुष खेलाडीले भाग लिने बताइएको छ ।
प्रतियोगिताको प्रमुख सहयोगी भीरकोट र वालिङ नगरपालिका तथा सहयोगीमा जिल्लाका सबै स्थानीय तह रहेको आयोजकले जनाएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न