
सोल, २९ असोज – उत्तर र दक्षिण कोरियाबीच सोमबार भूमिगत रेलमार्ग निर्माणका लागि सहमति भएको समाचार छ ।
कोरियाली प्रायद्वीपमा सो रेलमार्ग निर्माण हुन लागेको हो । सो निर्माणसम्बन्धी विशेष कार्यक्रम यसै वर्षको नोभेम्बरको अन्त्य या डिसेम्बरको पहिलो हप्ता उक्त स्थानमा आयोजना गरिने भएको छ ।
सो कार्यक्रमपछि यो रेलमार्ग निर्माणसम्बन्धी कार्यको शुरुआत गरिने पनि समाचारमा जनाइएको छ ।
दुई कोरियाबीचको यो सहमति कोरियाली प्रायद्वीपमा रहेका पानमुन्जोम गाउँ र दक्षिण कोरियाली क्षेत्रमा रहेको शान्ति भवनमा भएका विभिन्न उच्चस्तरीय वार्तापछि भएको योन्हाप समाचार समितिले जानकारी दिएको छ ।
दुवै देशका प्राविधिकहरु र रेल सेवा विभागका अधिकारीहरुले गरेको स्थलगत निरीक्षणपछि सो सहमति भएको थियो । रेलमार्ग निर्माणका लागि स्थलगत निरीक्षण गर्नका लागि पनि शुरुमा दुई कोरियाबीच पत्राचार भएको समाचारमा जनाइएको छ ।
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न