
टोकियो, ३० असोज (रासस-सिन्ह्वा) – जापानी प्रधानमन्त्री सिन्जो आबे युरोपको पाँच दिने भ्रमणका लागि मङ्गलबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
उहाँ यस भ्रमणका क्रममा स्पेन, फ्रान्स र बेल्जियम पुग्नुहुने छ । प्रधानमन्त्री आबेले यसै भ्रमणकै क्रममा बेल्जियममा आयोजना हुन लागेको एसिया-युरोप बैठकमा पनि सहभागी हुनुहुने बताइएको छ ।
त्यस भ्रमणका लागि स्पेन लाग्नुअघि प्रधानमन्त्री आबेले यस क्रममा एसियाली र विश्वकै अर्थतन्त्रका विविध पक्षहरुमा द्धिपक्षीय र बहुपक्षीय बैठकहरुमा कुराकानी हुने जानकारी दिनुभएको थियो ।
प्रधानमन्त्री आबे यस भ्रमणको क्रममा पहिला स्पेन पुग्ने कार्यक्रम रहेको छ । त्यहाँ उहाँले स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेटवार्ता गर्नुहुने छ ।
त्यसैगरी उहाँले स्पेनका राजा फिलिप छैठौँसँग पनि शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको जापानी विदेश मन्त्रालयले मङ्गलबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।
फ्रान्समा उहाँले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँसँग औपचारिक तथा द्धिपक्षीय भेट गर्नुहुने छ । सो भेटका क्रममा जापान र फ्रान्ससम्बन्धी व्यापारिक विभिन्न विषयमा पनि कुराकानी हुने जनाइएको छ ।
सो भेटका क्रममा जापान फ्रान्स व्यापारिक सम्झौता हुने पनि जनाइएको छ ।त्यस क्रममा जापान युरोपियन युनियन स्वतन्त्रता व्यापार सम्झौताका बारेमा पनि उहाँहरुबीच कुराकानी हुनेछ ।
प्रधानमन्त्री आबे बिहीबार बेल्जियमको राजधानी ब्रसेल्स पुग्नुहुने छ । ब्रसेल्समा आयोजना हुने दुई दिने एसिया युरोप बैठकमा उहाँ सहभागी हुनुहुने कार्यक्रम रहेको पनि उहाँको भ्रमणसम्बन्धी तालिकामा जनाइएको छ ।
यस बैठकमा एसिया र युरोपका नेताहरुको सहभागिता रहने बताइएको छ । त्यहाँ सहभागी विभिन्न देशका नेताहरुसँग पनि उहाँले द्धिपक्षीय वार्ताहरु गर्नुहुने छ ।
यस वर्षको उक्त एसिया युरोप बैठकमा विभिन्न एजेण्डाहरु रहेका छन् । तीमध्येका यस पटकको बैठकका प्रमुख एजेण्डामा साइबर सुरक्षा, महिलाको सशक्तिकरण र जलवायु परिवर्तन र यसको असरबाट बच्नसक्ने उपायहरु रहेका छन् ।
उक्त सम्मेलन आगामी बिहीबार र शुक्रबारका लागि आयोजना गरिएको छ । प्रधानमन्त्री आबे उक्त बैठक समापनपछि शनिबार स्वदेश फर्किनुहुने कार्यक्रम छ ।
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपाल निर्वाचन : समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कुन पार्टीलाई कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा