
काठमाडौँ । गैरआवासीय नेपाली सङ्गठनले मातृभूमि नेपालको आर्थिक समृद्धि एवं विकासका निम्ति थप लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
यहाँ आइतबार सम्पन्न गैरआवासीय नेपालीविज्ञको विश्व सम्मेलनबारे जानकारी दिने उद्देश्यले सम्मेलन आयोजक समितिले आज यहाँ पत्रकार सम्मेलन गरेर ज्ञान, सीप र प्रविधिमा अधिक लगानी गरी नेपालको समृद्धिमा सघाउने प्रतिबद्धता व्यक्त गरेको हो ।
समितिका पदाधिकारीले दुई अङ्कको आर्थिक वृद्धिदर हासिल गर्नका लागि लगानीमैत्री नीति र वातावरण तयार गर्न सरकारलाई आह्वान गर्दै जलस्रोत, पर्यटन र कृषि क्षेत्रमा लगानी बढाउन सकिने बताए ।
समृद्ध नेपाल सुखी नेपाली बनाउने वर्तमान सरकारको सपना साकार पार्न सङ्घले सक्दो सहयोग गर्ने बताउँदै नेपालको विकासको अबको कार्यसूची आर्थिक समृद्धि नै हुनुपर्नेमा जोड दिइएको छ ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी