अमेरिकामा कार दुर्घटनाका घाइते नेपालीको उपचारका लागि सहयोग आवहान गरिएको छ।
चितवन स्थायी घर भई हाल डलास टेक्सासमा आफ्नो परिवारका साथ बस्दै आएकी गंगा कार्कीको सेप्टेम्बर २२ तारिक साँझ ८.३० बजेतिर कामबाट घर फर्कने क्रममा हाईवे १८३ आर्भिङ्ग टेक्सासमा ठुलो कार दुर्घटना भएको थियो ।
गंगालाई तत्कालै अर्ध चेत अवस्थामा एम्बुलेन्सद्वारा बेलोर ग्रेपभाईन हस्पिटलको ईमर्जेन्सी अपरेसन कोठामा लगिएको थियो । ४ घण्टाको अपरेसन पछि उपचारमा संलग्न डाक्टरहरुले गंगाको शरीर र अनुहारमा धेरै हड्डीहरु भाँचिएको तथा छातीमा निकै ठूलो चोट रहेको र रगत बग्ने क्रम नरोकिएर पेटको ओपन सर्जरी समेत गर्नुपरेको बताएका छन् ।
अहिले गंगा ट्रमा (आईसियु) मा आफ्नो जीवनको लागि संघर्ष गरिरहेकी छिन् । हालसम्म दुईवटा मेजर सर्जरी भैसकेको छ । पछि फेरी फोक्सोमा पानी देखा परेको जटिलताले गर्दा गर्नुपर्ने अरु ३ वटा सर्जरी बांकी छ । डाक्टरहरुले गंगाको जीवन रक्षाको आशा देखाए तापनि उपचारको प्रक्रिया भने निकै लामो समयसम्म चल्ने बताएका छन् ।
कार्कीका ६ वर्ष र ११ महिनाको दुई छोरा छन् । उनका श्रीमान दिनेश कार्की आफ्नो काम छाडेर दुई छोराका साथ २४ सै घण्टा आफ्नी श्रीमतीसंग छन् ।
निकै नै न्युनतम मेडिकल कभरेज, बढ्दो खर्च र आम्दानी न्यून भएकोले उपचारको लागि कार्की परिवार आर्थिक संकटमा परेका छन् । यो दुखद समयमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा आ–आफ्नो ठाउँबाट जे जति सकिन्छ सहयोग गर्न कार्की परिवारले अनुरोध गरेको छ ।
अनलाईन सहयोगका लागि www.gofundme.com को https://www.gofundme.com/ganga-karki-medical-expenses लिङकमा क्लिक गरी सहयोग रकम पठाउन सक्नुहुनेछ ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी