लण्डन । हिमालयन ब्याडमिन्टन क्लब लण्डनले गत ७ अक्टूबर आइतबार पहिलो वार्षिक भेला तथा प्रथम स्थापना दिवस मनाएको छ । पहिलो चरणमा खेल र दोस्रो चरणमा वार्षिक भेला तथा स्थापना दिवस मनाइएको हो ।
भेलामा क्लबको बर्षभरिको क्रियाकलाप प्रस्तुत गरिएको थियो । क्लबका अध्यक्ष गंगा थापाको अध्यक्षतामा सम्पन्न उक्त भेलामा सचिव कुल राईले कार्यक्रम सन्चालन गर्दै क्लबको वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।
त्यसैगरी क्लबको आर्थिक प्रतिवेदन कोसाध्यक्ष अमर गुरुङले प्रस्तुत गरेका थिए भने क्लबको वार्षिक क्रियाकलाप सह-सचिव मिलन चन्द्र राईले प्रस्तुत गरे ।
क्लबको उक्त वार्षिक भेलाले थप ५ जनालाई कार्यसमितिमा चयन गरेको छ जसमा हिमाल चन्द उपाध्यक्ष र सदस्यहरुमा मणि पुन, चन्द्र लिम्बु राई, मोहनराज राना र नवराज गुरुङ छन् ।
भेलामा अध्यक्ष गंगा थापा मगरले क्लबलाई सफल नेतृत्व दिएको भन्दै सम्पूर्ण सदस्यहरुले उच्च मूल्याङ्कन सहित उपहार प्रदान गरेका थिए ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी